मालदिभ्स समृद्ध हुन भारतको सहयोग आवश्यक : पूर्वराष्ट्रपति नशिद « Khabarhub

मालदिभ्स समृद्ध हुन भारतको सहयोग आवश्यक : पूर्वराष्ट्रपति नशिद


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मालदिभ्स समृद्ध हुन भारतको सहयोग अपरिहार्य रहेको मालदिभ्सका पूर्वराष्ट्रपतिले बताएका छन् । भारत भ्रमणमा रहेका मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नशिदले आफ्नो मुलुकको समृद्धि र सुरक्षाका लागि भारतको भूमिका निकै महत्वपूर्ण रहेको बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति मोहम्मद नशिदले भारतसँग राम्रो सम्बन्ध नभए मालदिभ्स समृद्ध हुन नसक्ने जिकिर गरे । पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध सुमधुर बन्दै गएको पनि उनले बताए ।

हालै चीनसँग हस्ताक्षर गरेको खुला व्यापार सम्झौताका कारण मालदिभ्सको आर्थिक सार्वभौमिकतामा जोखिम उत्पन्न हुने चिन्ताबीच पूर्वराष्ट्रपतिको यस्तो भनाइ आएको हो । मालदिभ्स र चीनबीच ७० करोड अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार हुने गरेको बताइन्छ ।

जसमध्ये मालदिभ्सले चीनबाट ९७ प्रतिशत सामान आयात गर्छ भने केबल ३ प्रतिशत सामान निर्याय गर्छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : २९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी