गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए « Khabarhub

गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन् । गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट-५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो । 

गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीका अनुसार वडा नं ३ को मङ्गलादेवीमा नौ जना मात्रै विद्यार्थी हुँदा सोही वडाको कृष्णगण्डकी माध्यमिक विद्यालयसँग गाभिएको हो । 

त्यस्तै गैँडाकोट–५ को सरस्वती आधारभूत विद्यालयबाट अर्को विद्यालय दुई सय मिटरको दूरीमा भएपछि जनक नमूना माध्यमिक विद्यालयसँग गाभिएका उनले जानकारी दिए । 

भौगोलिक हिसाबले नजिकै भएका तथा विद्यार्थी सङ्ख्या थोरै भएका सामुदायिक विद्यालयलाई एक आपसमा गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको अधिकारीले बताए । 

‘नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि एउटा कार्यदल गठन गरिएको थियो’, उनले भने, ‘सोही कार्यदलको प्रतिवेदनका आधारमा थप विद्यालय पनि मर्ज हुने तयारीमा छन् ।’

नगर कार्यपालिकाको निर्णयअनुसार नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय ‘विद्यालय शिक्षा संरचना व्यवस्थापन तथा शैक्षिक सुधार सुझाव कार्यदल’ गठन गरिएको थियो । यस कार्यदलले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न कार्यविधि र नियम बनाएर काम भइरहेको अधिकारीले जानकारी दिए ।

कार्यदलले विद्यालय समायोजन, दरबन्दी समायोजन, कक्षा स्तरोन्नति तथा कक्षा घटुवा, आवासीय विद्यालय सञ्चालनलगायत विषयमा सुझाव पेस गरेको कार्यदल संयोजक एवं नगर शिक्षा अधिकारी चापागाईँले जानकारी दिए । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै