शिक्षकपछि कर्मचारी पनि सडकमा उत्रिन तयार, माग पूरा गर्न दिए अल्टिमेटम « Khabarhub

शिक्षकपछि कर्मचारी पनि सडकमा उत्रिन तयार, माग पूरा गर्न दिए अल्टिमेटम


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षकहरूको आन्दोलन १७ दिनदेखि जारी रहेका बेला कर्मचारीहरूले पनि सडकमा उत्रिने चेतावनी दिएका छन् ।

संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीहरूको मागलाई सम्बोधन नगरि संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई संयुक्त ज्ञापन पत्र बुझाउदै कर्मचारी संगठनले आफुहरूका सुझावका आधारमा संघीय निजामती सेवा ऐन अघि बढाउनुपर्ने माग गरेका हुन् ।

कर्मचारीको मागलाई बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका हुन् । राष्ट्रियस्तरका ट्रेड युनियनसँग संवाद र छलफल गरि प्रतिनिधिसभाको प्रथम बैठकअगावै विधेयक पेश गर्न सञ्जालले माग गरेको छ ।

संयुक्त ट्रेड युनियन सञ्जाल निरन्तर दबाबमुलक कार्यक्रममा रहेको अवस्थामा आफ्ना मागप्रति सरकार र संसद उदाशीन भइ सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ ।

संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजन छनौटको अवसर प्रदान गर्नुपर्ने आफूहरूको माग रहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले बताए ।

सञ्जालको ज्ञापन पत्र बुझ्दै समितिका सभापति रामहरि खतिवडाले कर्मचारीका सरोकारका विषयलाई समावेश गर्दै विधेयक अघि बढाउने प्रतिवद्धता जनाए ।

सञ्जालले योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्ने र प्राविधिक सेवामा कार्यरत कर्मचारीको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रवेशको लागि तोकिएको तालिमलाई आधार मानी बढुवा गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै सञ्जालले अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगितावाट स्थायी गर्ने र हुन नसक्ने कर्मचारीलाई स्थायी सरहको उपदान दिएर अवकाश दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : १८ बजे

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा