जनताको विश्वास जित्न आवश्यक सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिनेछौँ : मन्त्री यादव « Khabarhub

जनताको विश्वास जित्न आवश्यक सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिनेछौँ : मन्त्री यादव


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीता सुनिश्चित गरिने बताए ।

उनले भने, ‘खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्ड सँगसँगै अघि बढ्नेछौँ ।’

मन्त्री यादवले बोर्डले अघि सारेका योजनाहरूले नागरिकको जीवनस्तर, जनस्वास्थ्य तथा वातावरणीय दिगोपनमा अतुलनीय योगदान दिएको उल्लेख गरे । 

‘खानेपानी क्षेत्रको समग्र सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयलाई मेरो व्यक्तिगत प्रतिबद्धता रहनेछ,’ उनले स्पष्ट पारे ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० वर्षे यात्रालाई स्मरण गर्दै उहाँले यस संस्थाले दूरदर्शी सोच र दृढ सङ्कल्पका साथ स्थापना भएर परिपक्वताको चरणमा प्रवेश गरिसकेको बताए । 

उनले भने, ‘काठमाडौं उपत्यकामा सुरक्षित, दिगो र समावेशी खानेपानी सेवा पुर्‍याउने लक्ष्यले अघि बढेको बोर्डको यात्रामा चुनौती, कठिनाइ र अवसरको सङ्गम रहे पनि प्राप्त सफलताहरू सम्पूर्ण नेपालीको गौरवको विषय बनेका छन् ।’ 

मन्त्री यादवले खानेपानी केवल सेवा नभई नागरिकको आधारभूत हक भएकोले यसलाई दीर्घकालीन दृष्टिकोणबाट समन्वयात्मक नीति, योजना र कार्यान्वयनमार्फत अघि बढाउनु आवश्यक रहेकोमा जोड दिए । 

सो अवसरमा खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यले बोर्डले नागरिकलाई प्रत्यक्ष सेवा पुर्‍याउँदै राम्रो कार्य गर्दै आएको बताउँदै अझ धेरै काम बाँकी रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘जनताको मन जित्न सफल होउन् भन्ने शुभकामना छ ।’

बोर्डका कार्यकारी निर्देशक डा शञ्जिवबीक्रम राणाले चारसय भन्दा बढी स्थानमा वर्षा पानी सङ्कलन प्रणाली स्थापना भई करिब एक लाख जनसङ्ख्या लाभान्वित भएको, २०३ वटा ढुङ्गेधारा, इनार र कुवा संरक्षण एवं पुन:उत्थानले सांस्कृतिक र सामुदायिक जल स्रोतहरूलाई पुनर्जीवित बनाएको, ३१ स्थानमा पानी एटिएम प्रणालीमार्फत गुणस्तरीय पिउने पानी सर्वसुलभ रूपमा उपलब्ध गराइएको जानकारी दिए ।

त्यसैगरी, ७४४ डिप ट्युववेलको अनुमतिपत्र प्रदान, डिजिटल म्यापिङ तथा मोबाइल एपमार्फत जल स्रोतको प्रविधिमैत्री व्यवस्थापन, सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र, ७४.७ किलोमिटर पाइपलाइन तथा ९ वटा पानीपोखरी निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिएको र उपत्यकाको २०५० सम्मको गुरुयोजनाले स्पष्ट मार्गचित्र तय गरिएको उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ४ : १३ बजे

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको