खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे « Khabarhub

खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका लागि खेलकुद अवसर प्रदान गर्दै युवा प्रतिभा विकास गर्नुपर्ने बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आज समापन समारोहमा उनले खेलकुदमा लगानी गर्न पुरानो पुस्ता हिच्किचाउने गरेको उल्लेख गरे ।

‘खेलकुदका नयाँ पूर्वाधार विकास र अधुरा काम छिटो पूरा गर्न सबैको ध्यान जानुपर्दछ । अहिले स्थानीय युवाको सक्रियता र सरकारको ध्यान पुग्दा केही काम भएका छन् । सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ,’ सभामुख घिमिरेले भने ।

खेलको माध्यमबाट सम्बन्ध विकास, युवाको सक्रियतालाई बढाउने, युवाको निराशा अन्त्य र प्रतिस्पर्धामा अगाडि बढ्दै अन्तरराष्ट्रिस्तरमा देशलाई चिनाउने काम गरेको उनको भनाइ छ । 

‘नेपालले छोटो समयमै खेलकुदमा अन्तरराष्ट्रिय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । खेलको माध्यमबाट पर्यटन विकास र कूटनीतिक सम्बन्ध विकास भएको छ । युवालाई खेलकुदमा अघि बढाउँदै नेपाललाई विश्वव्यापी रूपमा खेलको आकर्षक देशमा चिनाउनुपर्दछ’, सभामुख घिमिरेले भने ।

राज्यले प्रतिभालाई नयाँ मञ्च स्थापना गर्दै भौतिक पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । 

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले क्रिकेटको विकासका लागि आफ्नै टिम बनाउने बताए । उनले यो प्रतियोगिताबाट छनोट भएका खेलाडीसहित अन्य खेलाडीको छनोट गरिने जानकारी दिए ।

आचार्यले भने, ‘छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षणको व्यवस्था गर्नेछौँ । उचित सेवा सुविधा खेलाडीलाई प्रदान गर्नेछौँ ।’ प्रतियोगितामा कूल १६ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : २३ बजे

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित