खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे | Khabarhub Khabarhub

खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका लागि खेलकुद अवसर प्रदान गर्दै युवा प्रतिभा विकास गर्नुपर्ने बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आज समापन समारोहमा उनले खेलकुदमा लगानी गर्न पुरानो पुस्ता हिच्किचाउने गरेको उल्लेख गरे ।

‘खेलकुदका नयाँ पूर्वाधार विकास र अधुरा काम छिटो पूरा गर्न सबैको ध्यान जानुपर्दछ । अहिले स्थानीय युवाको सक्रियता र सरकारको ध्यान पुग्दा केही काम भएका छन् । सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ,’ सभामुख घिमिरेले भने ।

खेलको माध्यमबाट सम्बन्ध विकास, युवाको सक्रियतालाई बढाउने, युवाको निराशा अन्त्य र प्रतिस्पर्धामा अगाडि बढ्दै अन्तरराष्ट्रिस्तरमा देशलाई चिनाउने काम गरेको उनको भनाइ छ । 

‘नेपालले छोटो समयमै खेलकुदमा अन्तरराष्ट्रिय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । खेलको माध्यमबाट पर्यटन विकास र कूटनीतिक सम्बन्ध विकास भएको छ । युवालाई खेलकुदमा अघि बढाउँदै नेपाललाई विश्वव्यापी रूपमा खेलको आकर्षक देशमा चिनाउनुपर्दछ’, सभामुख घिमिरेले भने ।

राज्यले प्रतिभालाई नयाँ मञ्च स्थापना गर्दै भौतिक पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । 

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले क्रिकेटको विकासका लागि आफ्नै टिम बनाउने बताए । उनले यो प्रतियोगिताबाट छनोट भएका खेलाडीसहित अन्य खेलाडीको छनोट गरिने जानकारी दिए ।

आचार्यले भने, ‘छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षणको व्यवस्था गर्नेछौँ । उचित सेवा सुविधा खेलाडीलाई प्रदान गर्नेछौँ ।’ प्रतियोगितामा कूल १६ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : २३ बजे

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

दाङ– पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा

बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अवार्ड

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’

एल्विश यादवको घरमा अज्ञात समूहद्वारा फायरिङ

‍काठमाडौं-  चर्चित युट्युबर, अभिनेता तथा बिग बोस विजेता एल्विश यादवको