दाङमा बस दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

दाङमा बस दुर्घटना, दुई जनाको मृत्यु


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ११ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर