अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु « Khabarhub

अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

गाजा पट्टी- इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन् । 

इजरायलले १९ महिनाभन्दा बढीपछि यस क्षेत्रमा आफ्नो युद्ध तीव्र बनाएको छ र यसले कम हुने कुनै सङ्केत देखाएको छैन ।

दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ जनाभन्दा बढी मानिस मारिएका थिए । तीमध्ये केहीले विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालहरूमा प्रहार गरेको नासेर अस्पतालले बताएको छ । मृतकमध्ये १८ जना बालबालिका र १३ जना महिला रहेको अस्पताल प्रवक्ता विम फारेसले बताए ।

उत्तरी गाजामा निर्मित जबालिया शरणार्थी शिविरको घरमा भएको आक्रमणमा एउटै परिवारका नौ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ । 

हमासद्वारा सञ्चालित सरकारअन्तर्गत सञ्चालित नागरिक सुरक्षाका अनुसार जबालियामा रहेको परिवारको निवासमा भएको अर्को आक्रमणमा सात बालबालिका र एक महिलासहित १० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले रातभरि भएका आक्रमणहरूबारे तत्काल कुनै टिप्पणी गरेको छैन । इजरायलले आफ्नो कारबाहीबाट हुने नागरिक हताहतीको दोष हमासलाई दिन्छ किनकि यो लडाकू समूह नागरिक क्षेत्रहरूबाट सञ्चालन हुन्छ ।

इजरायलले गाजामा आफ्नो युद्धलाई ‘गिदियनको रथ’ नामक नयाँ आक्रमणका साथ बढाएको छ । यसमा इजरायलले क्षेत्र कब्जा गर्ने, लाखौँ प्यालेस्टिनीलाई गाजाको दक्षिणमा विस्थापित गर्ने र सहायताको वितरणमा बढी नियन्त्रण लिने योजना बनाएको बताएको छ । –रासस

यो पनि पढ्नुहोस् : गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु


प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ३ : ५८ बजे

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता