स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद अस्पतालको अन्तरङ्गलगायत सेवाको आज शुभारम्भ गर्दै उनले सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने बताए  । 

सरकारको आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्षभन्दा केही बढ्ने उनको भनाइ थियो । 

मुख्यमन्त्री पाण्डेले पछिल्लो समय आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको र यसको विकास तथा विस्तारका लागि सरकार लागेको बताए ।

उनले नेपाल जडिबुटीका लागि हामी सम्पन्न रहेकाले यसको उपयोगतर्फ लाग्नका लागि आयुर्वेद चिकित्सालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकारले प्रदेशमा रहेका अस्पतालहरू स्तरोन्नति गर्ने क्रममा गण्डकी आयुर्वेद अस्पतालको स्तरोन्नति गरिएको बताए । आधुनिक मात्र नभै प्राचीन र प्राकृतिक चिकित्सा क्षेत्रको विकासलाई सँगसँगै लैजानुपर्नेमा सरकार प्रष्ट रहेको उनले बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको बताए । गुणकारी औषधिजन्य वस्तुको पहिचान गरी त्यसको उपयोग गर्नुपर्ने भन्दै उनले यसका लागि आयुर्वेद चिकित्सा प्रणालीलाई अघि बढाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव विश्वबन्धु बगाले, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा शङ्कर गौतम, डा दीक्षा पौडेललगायतले धारणा राखेका थिए । 

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले अस्पतालको अन्तरङ्ग सेवासँगै अस्पतालमा रहेको सःशुल्क फार्मेशी, जडीबुटी औषधि उत्पादन एकाइ, कुटीस्वेदन यन्त्रलगायतको उद्घाटन र बिरामीलाई फलफूल वितरण गरेका थिए  । 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ६ : २९ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल