मुख्यमन्त्रीलाई भेटेर राइडर्सले दिए धन्यवाद « Khabarhub

मुख्यमन्त्रीलाई भेटेर राइडर्सले दिए धन्यवाद

नियमावलीले रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेकामा खुसी 


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राइभ सञ्चालकहरूले सरकारलाई धन्यवाद दिएका छन् । 

आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरूले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेर युवाहरूको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् ।

‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौँ व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिइरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन् र हामीजस्ता युवाहरूको रोजीरोटीको पनि गण्डकी सरकारको यो निर्णयले ग्यारेन्टी गरेको छ ।’

सेल्फ ड्राइभ सञ्चालक रमेशराज पाण्डेले भने ‘सरकारले ल्याएको नियमावलीले हामीलाई व्यवसाय गर्न सहज हुनेछ, अव पहिलेजस्तो दुःख भोग्नु नपर्ला भन्नेमा खुसी छौँ ।’ 

सरकारले ल्याएको मापदण्ड भित्र रहेर सेवा दिन तयार रहेको बताउँदै उनले नेपालको पर्यटकीय राजधानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई नियम कानून भित्र रहेर सेवा दिन पाउने ढोका खुलेको भन्दै मुख्यमन्त्रीलाई धन्यवाद दिए । 

राइडर्सहरुको कुरा सुनेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकता दिएर नियमावली जारी गरेको बताए । ‘यसले यातायात सञ्चालन गरिरहेका व्यवसायीलाई पनि घाटा हुँदैन’ उनले भने ‘भाडाका सवारी सञ्चालन गर्दै आएका कम्पनीलाई प्रोत्साहित गर्न दर्तामा छुट दिने नीति लिइएको छ ।’

राइड सेयरिङमा दर्ता हुने कम्पनी र एप्सले सुरक्षाको सबै मापदण्ड पुरा गरेको हुनुपर्छ । ‘यात्रु र राइडर्सको पनि सुरक्षा हुने गरि नियमावलीमा व्यवस्था गरिएको बताउँदै उनले पूर्ण पालना गर्न सुझाव दिए । 

‘नागरिकले पनि सुविधा पाउने, थप रोजगारी सिर्जना हुने, अहिले कानुनी रूपमा अवैध रहेर सञ्चालन भइरहेको सेवाले कानुनी मान्यता पाउने र सरकारलाई पनि राजस्व बढ्ने हुन्छ’ उनले भने ‘राईड सेयरिङ नियमावलीले कसैलाई घाटा छैन ।’ प्रक्रिया पुरा नगर्नेहरूलाई जरिवाना धेरै रहेको स्मरण गराउँदै मुख्यमन्त्री पाण्डेले भने ‘अटेर गर्नेलाई छुट हुँदैन, सबैले नियम पालना गर्नुहोला, सबैलाई गर्न भन्नु पनि होला ।’

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी छुट्टै नियमावली जारी गरेको हो ।

यातायात व्यवसायीले भने संघीय यातायात ऐनको बर्खिलाप हुने गरी नियमावली आएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । यातायात क्षेत्रका तमाम समस्यालाई अन्देखा गरी ल्याइएको नियमावली आफूहरूलाई मान्य नहुने उनीहरूको भनाइ छ । 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : १० बजे

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि