विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने « Khabarhub

विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर – सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न दुश्परिणामबाट जोगिन तथा नेपालले लिएको कार्बन उत्सर्जनसम्बन्धी लक्ष्य प्राप्त गर्न विद्यालय तहकै अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने बताएका छन् ।

बज्रबाराहीस्थित पर्यावरणमैत्री विद्यालय बज्र एकेडेमीको आज भ्रमणमा आएका विज्ञहरूले विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै प्राकृतिक र जैविक वस्तुसँग परिचित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा सगरमाथा संवादका करिब एक सय सहभागीलाई नमूनायोग्य हरित विद्यालय मानिएको बज्र एकेडेमीको भ्रमण गराइएको थियो ।

भ्रमणमा सहभागी विज्ञलाई सगरमाथा संवादका प्यानलिस्ट एवं बज्र एकेडमीका संस्थापक मार्टिन ओल्थोपले विद्यालयमा गरिएको पर्यावरणमैत्री पठनपाठन तथा क्रियाकलापबारे जानकारी गराएका थिए ।

ओल्थोपका अनुसार हरियालीले भरिपूर्ण विद्यालय परिसरको विकास, सौर्य ऊर्जामा आधारित बाफलाई मुख्य इन्धनको रूपमा प्रयोग गरिने भान्सा घर, गाईपालन, गाईको गोबर र मलमा आधारित वायो ग्यास, अर्गानिक तरकारी तथा जडिबुटी खेती, मौरीपालन, वर्षातको पानी सङ्कलन, विद्यालयमा जैविक खाना, खाजा, पर्यावरण मैत्री फोहर व्यवस्थापन र हरितमैत्री पाठ्यसामग्रीको प्रयोग गरिएको जानकारी दिए ।

सो विद्यालयले विद्यार्थीलाई नजिकैको स्थानीय निकायसँगको सहकार्यमा पर्यावरणमैत्री क्रियाकलापमा सहभागी गराउँदै आएको छ । विद्यालयमा इको क्लब गठन गरी यसमार्फत पर्यावरणका पक्षमा लगाउन थालिएको छ । “विद्यार्थीलाई धान, मकै आदि खेती गर्न लगाएर हावा, पानी र माटो चिनाउने काम गरेका छौँ”, उनले भने।

बज्र फाउण्डेशनद्वारा पर्यावरणमैत्री विद्यालय चलाउने उद्देश्यले १८ वर्षअघि स्थापित बज्र एकेडेमीले फरक शैलीको पठनपाठन गराउँदै आएको छ । यस्तो शैलीको पठनपाठनलाई अब प्रदेशस्तरमा विस्तार गरिने एकेडेमीका प्रमुख डोरबहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : ५५ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर