बलोचिस्तानका नेताले गरे पाकिस्तानबाट स्वतन्त्रताको घोषणा « Khabarhub

बलोचिस्तानका नेताले गरे पाकिस्तानबाट स्वतन्त्रताको घोषणा


४ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट स्वतन्त्रताको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलोच नेता मिर यार बलोचले पाकिस्तानबाट अलग भएको घोषणा गरेका हुन् ।

पाकिस्तानले बलोचिस्तानमा दशकौँदेखि हिंसा, जबरजस्ती बेपत्ता र मानवअधिकार उल्लङ्घनका घटना गराउँदै आएको उनले बताए । उनले बलोच जनतालाई आफ्नो राष्ट्रिय निर्णय लिन सडकमा ओर्लिन पनि उनले आह्वान गरे ।

उनले भारतलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत सहयोगको अपिल गरेका छन् । भारत र पाकिस्तानबीच सैन्य टकराव थामिएपछि बलोच नेताको यस्तो आह्वान सार्वजनिक भएको हो ।

स्रोत साधनले समृद्ध भएपनि पाकिस्तानी संस्थापनले बलोचिस्तानलाई बेवास्ता गर्दै आएको आरोप लाग्ने गरेको छ । विगत लामो समयदेखि पाकिस्तानमा स्वतन्त्र बलोचिस्तानको माग राख्दै आन्दोलन हुँदै आएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ७ : २२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया