विष्णु पौडेलको गुनासो- कुनै बेला एमालेले सिट्ठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे, अहिले देखिनै छाडे | Khabarhub Khabarhub

विष्णु पौडेलको गुनासो- कुनै बेला एमालेले सिट्ठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे, अहिले देखिनै छाडे


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन् ।

समकालीन राजनीति माएमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले बताए । पार्टीमा देखिएका समाधानका लागि कसैको सहयोग नचाहिने उनले स्पष्ट पारे।

एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यसो भनेका हुन् । ‘कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो, गंगाजल जस्तो भेटिँदैन’, उपाध्यक्ष पौडेलले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’

एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधिको माध्यमबाट समाधान गरिने पौडेलले बताएका छन् ।

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिए ।

भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले वैधानिक रुपमा सच्याउनु पर्ने, कार्यन्वयन गर्न भएका अफ्ठ्यारालाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘यो महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधी तय गर्नेछौं’ उपाध्यक्ष पौडेलले भने,‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषय प्रस्ताव गर्दछ । यी विषय हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौं । ’

उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उनले जनसंगठनलाई निर्देशन दिए ।

‘विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौँ’, पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वबारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’

उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए ।‘एमालेमा कुनै बेला सिट्ठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे । अहिले किन शिथिल भएका छन् ?’ उपाध्यक्ष पौडेलले सोधे, ‘आमजनतामा ऊर्जा भर्न र जनताबीच जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन् । उनीहरूले यो भूमिका निवार्ह गर्नुपर्दछ । ’

उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको शसक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले २०४६/०४७ सालका जनसंगठन, २०६२/०६३ सालका जनसंगठन धेरै सशक्त भएको स्मरण गरे । उनले वर्तमान अवस्थामा जनसंगठन पनि सुस्ताएको बताए ।

‘जनसंगठन पार्टीको ब्याड हो । यहाँ रोपेका विरुवा हुर्किएपछि पार्टीमा सारिन्छ’ उनले भने, ‘त्यसैले मूलरूपमा पार्टीको सम्पर्कमा नयाँ मानिसलाई ल्याउने काम जनसंगठनको नै हो । तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर संगठित गर्ने अनि पार्टीमै फर्काइदिने गरेका छन् । यसले संगठन र पार्टी विस्तार हुँदैन ।’

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : १३ बजे

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

नेपालगञ्ज– नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग

फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि

३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घटेको छ

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको

कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह

 महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान