मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति « Khabarhub

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उनले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको  जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले  राजनीति तर्फको सम्मान शान्त मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेढाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि १ लाख रहेको छ । 

राष्ट्रपति पौडेलले भने, ‘सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र  संविधानले राखेको लक्ष्य पूरा हुनेछ । यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सूक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गरेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताए। 

 राष्ट्रपति पौडेलले  पुष्पलालको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलालको विचार नेपालको बामपन्थी आन्दोलनलाई नेतृत्व दिन सार्थक रहेको विचार व्यक्त गरे । नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसालले पुष्पलालले बामलोकतान्त्रिक धारलाई साथसाथ लैजानुपर्छ भन्ने वितचार २०४६ सालको परिवर्तनले सिद्ध गरेको बताए ।  

सम्मानित व्यक्तित्व राजनीतिज्ञ मानवीले तत्कालीन पञ्चायत व्यवस्थाको अप्ठ्यारो परिस्थितिमा परिवर्तनका लागि आफूले जुनकिरी झै बनेर काम गरेको अनुभव सुनाए ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पुरस्कार स्थापनाको उद्देश्य र सम्मानित व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : ३८ बजे

नीति तथा कार्यक्रम : डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा

अमेरिकाको टेक्सासमा रेलको डिब्बाभित्र छ जनाको मृत शरीर भेटियो

एजेन्सी– अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एउटा ‘डिब्बा’

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस

सरकारलाई सर्वोच्चको धक्का : ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दुईवटा धक्का दिएको