नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही « Khabarhub

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले कारबाही गरेको छ ।

कार्यालयले आज यहाँ सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
 
सो क्रममा कार्यालय प्रमुख डा. कृष्ण पौडेलले ऐन नियमावली तथा पशु ढुवानी मापदण्डविपरीत अवैध रुपमा आयात तथा ओसारपसार गरिएका गोरु, राँगा, भैँसी, कुखुराका चल्ला, मासु, अण्डा, माछालगायत नष्ट गरी ती सवारीसाधनलाई कारबाही गरिएको बताए। उनका अनुसार ती सवारीसाधनबाट रु एक लाख २३ हजार पाँच सय जरिवाना वापत राजस्व संकलन गरिएको छ ।
 
उनका अनुसार यस कार्यालयबाट जाँचका क्रममा सबैभन्दा धेरै बोइलर कुखुराका चल्ला ओसारपसार हुने गरेको छ । तेस्रो त्रैमासिकसम्म बोइलर चल्ला ७७ लाख ३० हजार ९८५ वटा यस कार्यालय हुँदै भित्रने र बाहिरिएका छन् । यस्तै १० लाख ५९ हजार ४७६ अण्डाका पेटी जिल्लाबाट बाहिरिएको उनले जानकारी दिए । बोका, खसी, बाख्रा एक लाख ४० हजार १२४, राँगा, पाडा, पाडी ८३ हजार २८१, भैँसी ७७५, गाई ३२४ यस बाटोबाट गएका छन् ।
 
पौडेलका अनुसार यो बाटो हुँदै तयारी मासुमा माछा ४११ दशमलव ३०९ मेट्रिकटन, राँगा, भैँसीको मासु १७६ दशमलव ८८३ मेट्रिकटन, खसीको मासु ५५ दशमलव ५९७ मेट्रिकटन, कुखुराको मासु १३५ दशमलव ५८ मेट्रिकटन र वंगुरको मासु १७८ दशमलब ९६६ मेट्रिकटन यस सडकको बाटो हुँदै गएको छ ।
 
ढुवानी गरेर ल्याइएका पशुका लागि पशु विश्रामस्थल र अवैध रुपमा ल्याइएका वा मरेका पशुलाई नष्ट गर्ने बायोलोजिकल पिटको अभावका कारण समस्या भएको उनले बताए। पशुलाई ढुवानी गरेर ल्याएपछि आठ घण्टासम्म विश्रामको आवश्यकता पर्ने भए पनि विश्रामस्थल नहुँदा समस्या भएको उनले जानकारी दिए ।
 
कार्यक्रममा राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजय श्रेष्ठले स्थानीय तहमा वास्तविक विवरण आउन नसक्दा समस्या भएको बताए। आन्तरिक ओसारपसारका लागि स्थानीय तह जिम्मेवार बन्नु आवश्यक रहेको उनको भनाइ थियो । अहिले पशु क्वारेन्टाइन नहुँदा पशु हाटबजार रोग फैलाउने ‘हट स्पोट’ का रुपमा रहेको उनको भनाइ थियो ।
 
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले अवैध रुपमा हुने ओसारपसार रोक्न स्थानीय प्रशासनले काम गरिरहेको बताए। 

उनले भने, ‘हामीले सबै स्थानमा कडाइका साथ जाँच गरिरहेका छौँ, त्यस्तो भेटिए कारबाही गर्छौँ ।’ 

सो अवसरमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष वसन्त पराजुली, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, ह्याचरी उद्योग सङ्घका महासचिव ज्ञानबहादुर बिसुराललगायतले छिमेकी देशको खुला नाकाका कारण व्यवसायी मारमा परेको भन्दै यसलाई कडाइ गर्न आग्रह गरे।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ४ : ०६ बजे

हर्कले भने- प्रधानमन्त्रीको लिखित जवाफ परराष्ट्रमन्त्रीले दिए मात्रै मान्नेछौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको