ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती | Khabarhub Khabarhub

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । 
    
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति तनहुँ, कृषि ज्ञान केन्द्र र ऋषिङ गाउँपालिकाको समन्वयमा जलवायसमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालन गरिएको छ । ऋषिङ–७ आम्चोकमा २३ घरधुरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रममा सहभागी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रुपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । 
    
उनले भने, “जलवायु परिवर्तनको असरले खेती प्रणालीमा परेको असरलाई न्यूनीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याइएको हो ।” जलवायु परिवर्तनको प्रभाव अधिकांश स्थानमा परेको छ । यस्ता समस्या तथा जोखिमलाई सुहाउँदो उत्पादनमा जोडने प्रयासमा लगानी बढाएको उनले बताए। 
    
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जलवायुमैत्री कृषि प्रविधि कार्यक्रमको शुभारम्भ गर्दै कम बजेटमा सुरुआत गरिएको खेतीले उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउन सक्नुपर्नेमा जोड दिए । 
    
मौसम अनुकूलको उत्पादनलाई अगाडि बढाउने प्रयास ज्ञान केन्द्रले गरेको उनको भनाइ छ । स्थानीय तहले पनि जलवायु परिवर्तन भइरहेको अवस्थामा सुहाउँदो उत्पादन र उत्पादकत्व दिने गरी कृषि प्रणालीको विकास र अवलम्बन गर्न आवश्यक रहेको बताए। उनले भने, ‘यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ र यस प्रणालीको अवलम्बन गरी गरिएको खेतीबाट कृषक आयस्तरसँग जोडन सक्नुपर्छ ।’
    
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कृषकलाई तालिम, आवश्यकताका आधार पहिचान गरी रोजगार बनाउने योजनासहित अगाडि बढेको बताए। उनले भने, ‘यहाँ गरिएको खेती नमूना बनाउनेछौं, यो कार्यक्रमलाई प्रभावकारी र नमुना कार्यको रुपमा विकास गर्नेछौं र सबैले हेर्ने तथा आकर्षण गर्ने क्षेत्रका रुपमा विकास गर्नेछौँ ।’
    
कृषि, भूमि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका उपसचिव गोविन्द पाण्डेले मौसम परिवर्तनले अत्यधिक वर्षा तथा कम वर्षाको समयमा पनि खेती गर्न सक्ने गरी कार्यक्रम सञ्चालनमा आएको बताए। 
    
जलवायुजन्य प्रकोप तथा जोखिमको अवस्था, समुदायको सामाजिक, आर्थिक अवस्था, भौगोलिक विकटता, खाद्य सुरक्षाको अवस्थाको अध्ययन तथा अनुसन्धान गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । आर्थिक वर्ष २०८१-८२ मा विनियोजित बजेटबाट कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ ।  १० लाखको लागतमा लिफ्टिङ र थोपा सिँचाइमार्फत खेती गर्ने गरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए ।
    

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ४ : ०९ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक