रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन « Khabarhub

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्धि भएको हो । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व संकलन भएको थियो । 

चालु आवमा विद्युतीय सवारिसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उनले तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताए। उनका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बसट्रक एक हजार १७६ वटा विद्युतीय सवारिसाधन आयात भएका हुन् ।

सवारिसाधन आयातका लागि सङ्घीय सरकारको यातायात व्यवस्था विभाग  र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँचपास हुने गरेको बताउँदै प्रमुख भट्टराईले पारदर्शी ढङ्गबाट राजस्व असुली भइरहेको उल्लेख गरे। सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ४ : ३७ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका