काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । उनले इजरायलसँगको जारी युद्धका क्रममा अमेरिकाको सैन्य हस्तक्षेपलाई अपूर्णनीय क्षतिका रुपमा दिइने बताएका छन् ।
खामेनीका तर्फबट जारी बयानमा भनिएको छ, ‘अमेरिकाको कुनै पनि किसिमको सैन्य हस्तक्षेपको जवाफ निश्चित रूपमा अपूरणीय क्षतिका रूपमा दिइने छ ।’ उनले इरानको आत्मसमर्पण गर्ने नभएको पनि बताएका छन् ।
‘जो इरान, इरानी नागरिक र इरानको इतिहासबारे जानकारले कहिल्यै पनि यो देशसँग धम्कीको भाषामा कुरा गर्दैनन्,’ सर्वोच्च नेता खामेनीले भनेका छन्, ‘किनकी इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् ।’
यसअघि मंगलबार राती ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेर बसेका छन् भन्ने बारे हामीलाई राम्रोसँग थाहा छ । उनी एउटा सहज निशानामा छन् । तर तत्कालका लागि सुरक्षित छन् ।’
प्रतिक्रिया