भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न अमेरिकाको कुनै भूमिका छैन : मोदी « Khabarhub

भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न अमेरिकाको कुनै भूमिका छैन : मोदी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न अमेरिकाले कुनै भूमिका नखेलेको स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले यसबारे प्रष्टोक्ति दिएका हुन् ।

जी ७ को शिखर सम्मेलनका क्रममा क्यानाडा पुगेका प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा ३५ मिनेट कुराकानी गरेका थिए । राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई अमेरिका भ्रमणको पनि निम्तो दिएको भारतीय विदेश सचिव विक्रम मिश्रीले जनाएका छन् ।

यद्यपि समय अभावका कारण मोदी अमेरिका जान नपाएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । यसअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणको बदलास्वरुप भारतले पाकिस्तानी भूमिमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गरी सैन्य कारवाही सञ्चालन गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपरेशन सिन्दुर नाम दिइएको सो कारवाही आफ्नो मध्यस्थतामा रोकिएको दाबी गर्दै आएका छन् । भारतीय पक्षले भने युद्धविराम गर्ने निर्णयमा अमेरिकाको कुनै भूमिका नरहेको बताउँछ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : २३ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली