पाकिस्तानले देशनिकाला गरेपछि १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फिर्ता « Khabarhub

पाकिस्तानले देशनिकाला गरेपछि १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फिर्ता


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले देशनिकाला गरेपछि १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्केका छन् । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चयुक्तको कार्यालय (यूएनएचसीआर) ले सन् २०२३ अक्टोबरदेखि २०२५ मेसम्म १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्केको जानकारी दिएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२५ को अप्रिल महिनादेखि मात्रै दैनिक ३ हजार ५ सयभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्किएका थिए । यूएनएचसीआरले स्वदेश फर्किने शरणार्थीलाई सीमा क्षेत्रको दुबैतर्फ मानवीय सहयता प्रदान गरेको जनाएको छ ।

दशकौँदेखि पाकिस्तानमा बसोबास गर्दै आएका अफगान शरणार्थीहरु स्वदेश फर्किँदा त्यसले अफगानिस्तानमा ठूलो चुनौती निम्त्याएको टोलो न्यूजले जनाएको छ । स्वदेश फर्किएका शरणार्थीहरु अफगानिस्तानमा बसोबास, शिक्षा, स्वास्थ्योपचार, रोजगारीका अवसरबाट बञ्चित हुने गरेको जनाइएको छ ।

पाकिस्तानले अझै धेरै अफगान शरणार्थीलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । टोलो न्यूजका अनुसार पाकिस्तानले यस वर्षमात्रै ३० लाख शरणार्थीलाई देश निकाला गर्ने उद्देश्य लिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ३७ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको