पाकिस्तानले देशनिकाला गरेपछि १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फिर्ता « Khabarhub

पाकिस्तानले देशनिकाला गरेपछि १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फिर्ता


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले देशनिकाला गरेपछि १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्केका छन् । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चयुक्तको कार्यालय (यूएनएचसीआर) ले सन् २०२३ अक्टोबरदेखि २०२५ मेसम्म १० लाखभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्केको जानकारी दिएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२५ को अप्रिल महिनादेखि मात्रै दैनिक ३ हजार ५ सयभन्दा धेरै अफगान शरणार्थी स्वदेश फर्किएका थिए । यूएनएचसीआरले स्वदेश फर्किने शरणार्थीलाई सीमा क्षेत्रको दुबैतर्फ मानवीय सहयता प्रदान गरेको जनाएको छ ।

दशकौँदेखि पाकिस्तानमा बसोबास गर्दै आएका अफगान शरणार्थीहरु स्वदेश फर्किँदा त्यसले अफगानिस्तानमा ठूलो चुनौती निम्त्याएको टोलो न्यूजले जनाएको छ । स्वदेश फर्किएका शरणार्थीहरु अफगानिस्तानमा बसोबास, शिक्षा, स्वास्थ्योपचार, रोजगारीका अवसरबाट बञ्चित हुने गरेको जनाइएको छ ।

पाकिस्तानले अझै धेरै अफगान शरणार्थीलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । टोलो न्यूजका अनुसार पाकिस्तानले यस वर्षमात्रै ३० लाख शरणार्थीलाई देश निकाला गर्ने उद्देश्य लिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ३७ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती