क्यानाडामा मोदी र मर्जबीच भेटवार्ता | Khabarhub Khabarhub

क्यानाडामा मोदी र मर्जबीच भेटवार्ता


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर फ्रिडरिख मर्जबीच भेटवार्ता भएको छ । क्यानाडामा आयोजित जी ७ को शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले भेटवार्ताका क्रममा आफूहरुबीच प्रतिआतंकवाद र आतंकवादी गतिविधिमा हुने लगानीलाई निरुत्साहित गर्न सहकार्य गर्ने विषयमा छलफल भएको जनाएका छन् । त्यसबाहेक उनीहरुबीचको भेटवार्तामा रक्षा, लगानी, व्यापार, हरित ऊर्जा, प्रविधि, सुरक्षाजस्ता क्षेत्रमा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको छ ।

गत मे महिनामा जर्मनीको चान्सलर भएयता दुई नेताबीच पहिलो पटक भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीले मर्जलाई चान्सलरमा निर्वाचित भएकोमा बधाई र सफल कार्यकालको शुभकामना समेत दिएको एएनआईले उल्लेख गरेको छ ।

भेटवार्ताका क्रममा मोदीले मर्जलाई भारत भ्रमणको निम्ता दिएको एएनआईले जनाएको छ । दुई नेताबीचको भेटवार्ताले २५ वर्ष लामो भारत–जर्मनी रणनीतिक साझभेदारी थप सुदृढ भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ५३ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न