भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्षी स्टार्मरबीच भेटवार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्षी स्टार्मरबीच भेटवार्ता


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती समकक्षी किर स्टार्मरबीच भेटवार्ता भएको छ । क्यानाडामा आयोजित जी ७ शिखर सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भेटवार्ता ‘विशेष’ भएको बताएका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत हुँदै गएको उल्लेख गरेका छन् ।

भेटवार्ताका क्रममा आफूहरुबीच व्यापार र वाणिज्यजस्ता विषयमा छलफल भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिएका छन् । उनले यस भेटवार्ताले द्विदेशीय मित्रतामा नयाँ आयाम थपेको पनि उल्लेख गरेका छन् ।

भारतको अहमदावादमा भएको एअर इण्डियाको विमान दुर्घटनापछि दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । उक्त दुर्घटनामा केही बेलायती नागरिकले पनि ज्यान गुमाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुई नेताले विमान दुर्घटनाको अनुसन्धान हुँदै गर्दा निकट समन्वयलाई जारी राख्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । हालै मात्र भारत र बेलायतले स्वतन्त्र व्यापार समझदारीमा हस्ताक्षर गरेका छन् ।

यसबाट विश्वको चौथो ठूलो अर्थतन्त्र भारत र छैटौँ ठूलो अर्थतन्त्र बेलायतबीच थप आर्थिक साझेदारी विस्तार हुने अपेक्षा गरिएको छ । बेलायत भारतको चौथो ठूलो निर्यात गन्तव्य मुलुक हो भने भारत बेलायतको एघारौँ ठूलो व्यापारिक साझेदार हो ।

दुई मुलुकबीच ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार हुँदै आएको छ । सन् २०३० मा यसलाई दोब्बरले वृद्धि गर्ने दुई देशको लक्ष्य छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया