भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्षी स्टार्मरबीच भेटवार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्षी स्टार्मरबीच भेटवार्ता


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती समकक्षी किर स्टार्मरबीच भेटवार्ता भएको छ । क्यानाडामा आयोजित जी ७ शिखर सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भेटवार्ता ‘विशेष’ भएको बताएका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत हुँदै गएको उल्लेख गरेका छन् ।

भेटवार्ताका क्रममा आफूहरुबीच व्यापार र वाणिज्यजस्ता विषयमा छलफल भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिएका छन् । उनले यस भेटवार्ताले द्विदेशीय मित्रतामा नयाँ आयाम थपेको पनि उल्लेख गरेका छन् ।

भारतको अहमदावादमा भएको एअर इण्डियाको विमान दुर्घटनापछि दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । उक्त दुर्घटनामा केही बेलायती नागरिकले पनि ज्यान गुमाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुई नेताले विमान दुर्घटनाको अनुसन्धान हुँदै गर्दा निकट समन्वयलाई जारी राख्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । हालै मात्र भारत र बेलायतले स्वतन्त्र व्यापार समझदारीमा हस्ताक्षर गरेका छन् ।

यसबाट विश्वको चौथो ठूलो अर्थतन्त्र भारत र छैटौँ ठूलो अर्थतन्त्र बेलायतबीच थप आर्थिक साझेदारी विस्तार हुने अपेक्षा गरिएको छ । बेलायत भारतको चौथो ठूलो निर्यात गन्तव्य मुलुक हो भने भारत बेलायतको एघारौँ ठूलो व्यापारिक साझेदार हो ।

दुई मुलुकबीच ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार हुँदै आएको छ । सन् २०३० मा यसलाई दोब्बरले वृद्धि गर्ने दुई देशको लक्ष्य छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ०० बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती