एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने « Khabarhub

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि बन्न नपाउने भएकी छन्। बिहीबार बसेको एमालेको सचिवालय बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेसँगै भण्डारीका लागि बाटो बन्द भएको हो।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘१० औं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका साथीहरु आयोजकका हिसाबले जानुहुन्छ, तर उहाँहरु विधान महाधिवेशनको प्रतिनिधि चाहिँ बन्नु हुन्न, विधान महाधिवेशनको प्रतिनिधि भनेको जो १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरु हुुनुहुन्थ्यो, उहाँहरु मात्रै हुने विधानमै व्यवस्था छ।’

एमालेमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई विधान अधिवेशनमा सहभागी हुनबाट रोक्न सचिवालय बैठकले यो निर्णय गरेको हो। पार्टीको १० औं महाधिवेशनताका राष्ट्रपति रहेकी भण्डारीले केही समय अघिमात्र पार्टीको सदस्यता नवीकरण गर्दै एमालेमा फर्किएको घोषणा गरेकी थिइन्।

बिहीबार १० घण्टाभन्दा लामो समय बसेको सचिवालय बैठकले एमालेमा रहेको १९ सदस्य पदाधिकारीको संख्यासमेत घटाउने निर्णय गरेको छ। सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने निर्णय भएको हो। त्यसैगरी एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थासमेत हटाउने भएको छ।

उपमहासचिव ज्ञवालीका अनुसार दुई कार्यकाल र ७० वर्षे उमेर हदबन्दी हटाउने वा नरहने र १५ सदस्यीय पदाधिकारी र २५ सदस्यीय स्थायी कमिटी रहने प्रस्ताव भएको छ।

बैठकले केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र त्यसको एकतिहाइ पोलिटब्यूरो सदस्य रहने निर्णय गरेको छ। विधान महाधिवेशनमा नयाँ प्रतिनिधि कोही हुन नपाउने र नयाँ आमन्त्रित आयोजकका रुपमा सहभागी हुने नेता ज्ञवालीले प्रष्ट पार्नुभएको छ।

सचिवालय बैठकले पारित गरेको संशोधन प्रस्ताव पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीमा पेश हुनेछ। त्यसपछि भदौमा बस्ने विधान महाधिवेशनले अनुमोदन गरेपछि यो निर्णय कार्यान्वयन हुनेछ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : १८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर