एमाले पोलिटब्युरो बैठक, सचिवालयका प्रस्ताव छलफलपछि अनुमोदन गरिँदै « Khabarhub

एमाले पोलिटब्युरो बैठक, सचिवालयका प्रस्ताव छलफलपछि अनुमोदन गरिँदै


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)को पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेदेखि सुरू भएको हो । यसअघि बैठक ११ बजे बस्ने तयारी थियो ।

यो बैठकले बिहीबार मध्यरातिसम्म बसेको सचिवालय बैठकका निर्णयहरूमाथि छलफल र अनुमोदन गर्ने तयारी छ ।

सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना बनाउने प्रस्ताव पारित गरेको छ । ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ। बैठकले सचिवालयको अवधारणा हटाएर १५ जना पदाधिकारीलाई स्थायी कमिटीमा परिणत गरेको छ ।

एमालेले ११ औँ महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव लाने भएको छ । एमालेले वरिष्ठ उपाध्यक्ष पद पनि हटाउने प्रस्ताव अघि बढाइसकेको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ४ : ०४ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको