काशीनाथले आत्मआलोचना गर्न खोज्दा जब शंकरले रोके | Khabarhub Khabarhub

काशीनाथले आत्मआलोचना गर्न खोज्दा जब शंकरले रोके


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लोकतान्त्रिकरणका लागि अघि सारेको दस्तावेजविपरीत ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावले तरंग फैलिएको छ ।

‌ओलीले सातौँ महाधिवेशन अघिबाट ल्याएको पार्टीको लोकतान्त्रिकरणको प्रस्तावविपरीत एकै व्यक्ति आजीवन पदमा रहने गरी विधान संशोधन अघि बढाउँदा त्यसको विरोधका स्वरहरू बढ्न थालेका छन् ।

बिहीबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रस्ताव र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

त्यसलाई लिएर शुक्रबारको पोलिटब्युरोमा विरोध र समर्थनका दुवै स्वर सुनिएका छन् । शुक्रबार स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहितले विधान संशोधन प्रस्तावको विरोध गरे ।

शुक्रबारको बैठकमा सबैभन्दा अन्तिममा बोलेका थापाले ओली आफैंले अघि सारेको प्रस्तावविपरीत हिँडिरहेको बताए । शुक्रबार नेताहरू किरणकुमार गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशिनाथ अधिकारी, शेरधन राई र राजन भट्टराई बोलेपछि उनले अन्तिममा कुरा राखे।

त्यसअघि बोलेका स्थायी कमिटी सदस्य एवम् संगठ विभाग प्रमुख काशीनाथ अधिकारीले विधान मिच्ने काम भएको भन्दै आत्मआलोचना गर्न खोजेका थिए ।

उनले बैठकमा पार्टीको विधान मिच्ने काम आफूबाट पनि भएकाले आत्मालोचित हुन पाउनुपर्ने बताएका थिए । उनले अभ्यासका क्रममा विधान आफूबाट पनि मिचिने काम भएकोमा आत्मआलोचित हुन खोजेका थिए ।

एकजना पोलिटब्युरो सदस्यका अनुसार अधिकारीलाई महासचिव शंकर पोखरेलले बीचमै रोकिदिए । महासचिव पोखरेलले उक्त विषय पोलिटब्युरोमा राख्न आवश्यक नरहेको भन्दै हस्तक्षेप गरिदिएका थिए । त्यहीकारण उनले पूरा धारणा राखेर आत्मआलोचित हुन पाएनन् ।

एकजना नेताका अनुसार पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले विधान संशोधनका विषयमा गलत भाष्य निर्माण गरेर अफवाह फैल्याउन खोजिको गुनासो पनि गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : २८ बजे

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।