श्रम मन्त्रालयको एक वर्ष : सुधारका प्रयास सकारात्मक, रोजगार सृजना र ठगी नियन्त्रण चुनौतीपूर्ण « Khabarhub

श्रम मन्त्रालयको एक वर्ष : सुधारका प्रयास सकारात्मक, रोजगार सृजना र ठगी नियन्त्रण चुनौतीपूर्ण


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ भित्र उल्लेखनीय नीतिगत तथा संरचनात्मक सुधार र वैदेशिक रोजगार व्यवस्थापनमा केही प्रगति हासिल गरेको दाबी गरेको छ । 

यद्यपी रोजगार सृजना, सामाजिक सुरक्षा पहुँच विस्तार र वैदेशिक रोजगारमा ठगी नियन्त्रण जस्ता क्षेत्रमा अझै सुधार आवश्यक देखिन्छ । मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी नीति तर्जुमा गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुका साथै श्रम ऐनका केही प्रावधान संशोधनमार्फत सुधारको प्रयास गरेको छ । उनको नेतृत्वमा मन्त्रालयले प्रविधिमा आधारित श्रम तथा रोजगार सेवा प्रवाहमा जोड दिएको छ । 

आन्तरिक रोजगारीको व्यवस्थापनका लागि नयाँ महाशाखा स्थापना, डिजिटाइजेसन, श्रम संसार, राष्ट्रिय श्रम बजार सूचना प्रणाली, स्वास्थ्य परीक्षण र नागरिक एपमा आबद्धता गरिएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै श्रम सम्झौता नवीकरणका पहल, सामाजिक सुरक्षा कोषमा श्रमिकको सहभागिता विस्तार जस्ता कदम चालिएको छ । 

वैदेशिक रोजगारीमा एक सयभन्दा न्यून श्रमिक पठाउनेको इजाजतपत्र नवीकरण नहुने वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधानलाई केही नेपाल ऐन संशोधनमार्फत इजाजतपत्र नवीकरण हुने प्रावधान गरिएको छ । वैज्ञानिकीकरण श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार सेवाप्रवाह कार्यविधि (दोसो संशोधन) स्वीकृत भएको छ । सेप्टेम्बर २०२४ लाई ‘कटअफ पोइन्ट’ मानी कानुनी आधारमा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वैधानिकता दिने प्रक्रिया अघि बढेको छ ।

वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिलाई क्षतिपूर्तिबापत १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । वैदेशिक रोजगारीका लागि कूल आठ लाख ३९ हजार २७० ले श्रम स्वीकृति लिएका छन् । नयाँ श्रम स्वीकृतिको भार ६०.२८ प्रतिशत र पुनश्रम स्वीकृति ३९.७२ प्रतिशत रहेको छ । 

सुरक्षित आप्रवासनबाट सञ्चालन हुने स्रोत केन्द्रलाई ७७ जिल्ला विस्तार गरिएको छ । मन्त्रालयअन्र्तगतको वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत विवाद समाधान गरी सात अर्ब २० करोड आठ हजार ३५० रुपैयाँ  क्षतिपूर्ति उपलब्ध गराएको छ ।  मुद्दा तथा अनुसन्धानका लागि चार हजार ९७५ उजुरी प्राप्त भएकामा ५२८ मिलापत्र गराइएको छ । विस्तृत अनुसन्धान पश्चात् २१५ वटा अदालतमा मुद्दा दायर गरिएको र मुद्दा तथा अनुसन्धानबाट ३२ करोड ८७ लाख ३७ हजार ४६५ रुपैयाँ क्षतिपूर्ति दिलाइएको छ । 

अधिकांश व्यक्तिगत उजुरीहरूको कारबाही जारी रहेको विभागले जनाएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार यस आवमा एक हजार १६० शव व्यवस्थापन गरिएको छ । त्यसैगरी ७० अलपत्र शव नेपाल ल्याइएको छ । यसबीच विदेशमा अलपत्र एक जनाको मात्र उद्धार गरिएको छ । आर्थिक सहायता लिने दुई हजार ४८५ जना छन् । कल सेन्टर सेवाबाट ३३ र ९८२ वटा समस्या समाधान गरिएको छ । टेलिमेडिसिन सेवा लिने चार हजार ६११ जना छन् । 

युरोपका अल्बानिया, अस्ट्रिया, टर्की, माल्टा, माल्दिभ्स, सर्बिया, लक्जमवर्ग, बु्रनाइ, पोल्याण्ड, बोस्रिया र हर्जगोभिना, क्रोएसिया र बेल्जियम मन्त्रालयले निर्माण गरेको नयाँ समझदारीपत्रको ढाँचाअनुसार श्रम सम्झौताका लागि प्रस्ताव गरेको छ । कुबेत, मौरिसियस, मलेसिया, गणतन्त्र कोरिया, कतारसँग श्रम सम्झौता नवीकरणको चरणमा छलफल र पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । युएईमा काम गर्न जाने श्रमिकको न्यूनतम वेतन बढाइएको छ ।  

श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयको संयुक्त पहलको रूपमा वैदेशिक रोजगारमा रहेका नेपालीको उद्धार गर्न सहज हुने गरी श्रम संसारको विस्तार गरिएको छ । सामाजिक सुरक्षा कोष विस्तार, एक हजार ७६६ नयाँ रोजगारदाता र आठ लाख ८८ हजार ६४० नयाँ श्रमिक दर्ता भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्र्तगत तीन हजार ३२४ प्रतिष्ठान निरीक्षण गरिएको छ । 

मन्त्रालयअन्र्तगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई तीन हजार ७८० श्रम अडिट प्रतिवेदन मात्र प्राप्त भएको छ । विभागले ७४ मुलुकका दुई हजार ५११ जना विदेशी नागरिकलाई श्रम इजाजत प्रदान गरेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रममा ५२ हजार जनालाई रोजगारीको लक्ष्य भए पनि गत आवमा ४८ हजार ६४७ जनालाई रोजगारी उपलब्ध गराइएको छ । वर्तमान गठबन्धन सरकार एक वर्ष पुरा गर्दा रोजगारदाता, श्रमिक र सरकारबीच न्यूनतम पारिश्रमिक निर्धारणको सहमति जुटेको छ । न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ  तोकिएको हो ।

तर विदेशी रोजगारमा हुने ठगी, दलाल नियन्त्रण र रोजगार सृजना जस्ता मुख्य विषयमा सुधार आवश्यक देखिन्छ । वैदेशिक रोजगारमा अलपत्र परेका नेपालीको उद्धारमा अत्यन्तै ढिलासुस्ती छ । एक वर्षमा एक हजार १६० शव व्यवस्थापन भए पनि केवल एक जनाको मात्र उद्धार हुनु मन्त्रालयको क्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठ्छ । 

विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति दिने निर्णय स्वागत योग्य भए पनि स्थायी समाधान र सुरक्षाको ग्यारेन्टी अझै टाढा छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले तोकिएको लक्ष्यभन्दा कम रोजगारी सिर्जना गर्नु, श्रमिकहरूको न्यूनतम पारिश्रमिक निर्धारण भए पनि श्रम निरीक्षण र श्रम ऐनको कार्यान्वयनमा कमजोरी देखिनु चुनौतीपूर्ण पक्ष हुन् ।

सरकारको आगामी वर्षमा यी चुनौतीको दिगो समाधान खोजेर श्रमिकको अधिकार र सुरक्षामाथि गम्भीर प्रभावलाई न्यूनीकरण गर्नुपर्छ । रासस

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ४७ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री