नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ « Khabarhub

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि एलिना चौहानले त्यसलाई काउन्टर दिएकी छन् ।

उनले सन् २०२४ जुन ९ बहिना ८ बजे खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । त्यसबेला विष्णु र एलिनाको विवाह बन्धनमै थिए । सार्वजनिक तस्बिरमा उनको अनुहारभर चोटपकटपछिको नीलडाम देखिन्छ ।

‘विष्णुले घरेलु हिंसा गरेका कारण सम्बन्धबिच्छेद गर्नुपर्ने अवस्था’ आएको एलिनाले बताउँदै आएकी छन् । यो तस्बिर सार्वजनिक गरेर उनले आफू घरेलु हिंसामा परेको सत्य भएको पुष्टि गर्न खोजेकी छन् ।

विष्णुले शुक्रबार फेसबुकमार्फत् एलिनालक्षित प्रेस नोट जारी गरेका थिए । सामाजिक सञ्जालमार्फत् आफूमाथि नकारात्मक टिप्पणी र भ्रम फैल्याउनेविरुद्ध अस्ट्रेलियामा कानुनी उपचार सुरु गरेको विष्णुको उक्त प्रेस नोटमा उल्लेख छ ।

यो पनि : एलिना चौहानसँग सम्बन्धविच्छेदपछि पहिलो पटक बोले विष्णु सापकोटा

नेपालमा पनि अब कानुनी उपचार सुरु गर्ने उनले बताएका छन् । तर, कोविरुद्ध कानुनी प्रक्रिया थालिएको र थाल्न बाँकी रहेको उनले खुलाएका छैनन । एलिनाले लगाएका सबै आरोप झूटा रहेका विष्णुको आशय छ ।

विष्णुको धारणा आएको केही घण्टाभित्रै एलिनाले लामो क्याप्सनसहित तस्बिर सार्वजनिक गरेकी छन् । क्याप्सनमा उनले आफूले विगतमा भोगेका समस्या मात्रै सेयर गरेको दाबी गरेकी छन् ।

सापकोटाले सम्बन्धविच्छेदपछि पहिलोपटक सार्वजनिक रूपमा मौनता तोडेको केही बेरमै शुक्रबार एलिनाले आफ्नो अनुहारमा चोट लागेको फोटो सार्वजनिक गर्दै भावुक र आक्रोशपूर्ण जवाफ दिएकी हुन्।

उक्त क्याप्सनमा आफूमाथि आइपर्ने कानुनी प्रक्रिया सामान गर्ने एलिनाको आशय छ । उनले लेखेकी छन्, ‘यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो-त्यस मानसिकतासँग जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।’

उनको यो लाइन विष्णु लक्षित छ । आफूले भोगेको हिंसा सेयर गर्दा कानुनी प्रक्रिया सुरू गर्ने विष्णुको चेतावनीलाई उनले जवाफ दिएकी हुन् ।

उनले अगाडि लेखेकी छन्, ‘तर अब म चुप लाग्दिनँ। अब यो केवल मेरो न्यायको लडाइँ होइन । यो हरेक नेपाली चेलीको आवाज हो।’

अन्याय र चोटको तस्बिर लुकाउन सकिनँ

एलिनाले सामाजिक सञ्जालमा अनुहारभरि चोट देखिने तस्बिरसहित लेखेको पोस्टमा उनीमाथि प्रेम र वैवाहिक सम्बन्धका क्रममा शारीरिक हिंसा भएको खुलाएकी छन् ।

‘हामीबीचको कुरा त आपसी समझदारीमै सकिएको थियो। तर समाजको दबाव, सामाजिक सञ्जालको दुरुपयोग र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो’, भनेकी छन् ।

‘सत्य बोल्ने नारीलाई दोषी बनाइन्छ’

एलिनाले समाजले सत्य बोलेका महिलामाथि प्रश्न उठाउने परिपाटीलाई लक्षित गर्दै आक्रोश पोखेकी छन् ।

‘जब मैले आफ्ना भोगाइहरू सुनाएँ, ममाथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’ तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ। यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ’, उनले भनेकी छन्।

‘अब यो मेरो लडाइँ होइन’

एलिनाले आफूले अब मौन नबस्ने भन्दै स्पष्ट सन्देश दिएकी छन्। ‘अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो। म कानुनी, सामाजिक र नैतिक सबै बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु। किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ’, उनले भनेकी छन् ।

कानुनी प्रक्रिया सुरू

एलिनाले सिधै नाम नलिए पनि पूर्वपतिसँग सम्बन्धित हिंसात्मक अनुभवलाई लिएर कानुनी प्रक्रिया थालिसकेको संकेत गरेकी छन्। यसअघि सापकोटाले पनि अष्ट्रेलिया र नेपालमा आफूमाथि आइरहेका टिप्पणीहरूको सन्दर्भमा कानुनी प्रक्रिया अघि बढाएको बताएका थिए।

एलिना चौहान र विष्णु सापकोटाको विवाह २०८० सालमा भएको थियो। केही महिनाममै सम्बन्ध विच्छेद गरेका यी दुईले सम्बन्धबिच्छेदपछिको लामो मौनतापछि अब सार्वजनिक रूपमा आरोप–प्रत्यारोप गर्न थालेका छन्।

गायिका चौहानको चोटसहितको पोस्ट सार्वजनिक भएसँगै यो विषयले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया र बहस निम्त्याएको छ। यसले घरेलु हिंसा र महिलामाथिको दुर्व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ।

सापकोटाले अष्ट्रेलियाबाट सामाजिक सञ्जालमार्फत लामो पोस्ट लेख्दै डिभोर्सपछि आफू मानसिक तनावमा परेको उल्लेख गरेका थिए। एलिनाको जवाफी पोस्टले भने घटनाको नयाँ पाटो उजागर गरेको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ५६ बजे

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रूख काटियो

सङ्खुवासभा– यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा– हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री

युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नु पर्छ : थाइल्यान्ड

बै‌ङ्कक- थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडपपछि दुई राष्ट्रबीच

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते