‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज « Khabarhub

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् ।

फिरोजले भगावन कृष्णको जन्माष्टमीको दिन पारेर शनिबार फिल्म निर्माणको घोषणा हुन् । उनले फिल्मको टाइटल पोस्टर सार्वजनिकसमेत गरेका छन् ।

पोस्टरमा ग्राणिम परिवेशमा एकलासमा रहेको घर जस्ताको छानो भएको घर देखाइएको छ । पृष्ठभूमिका ठूला पहाड बादलले ढाकेको छ ।

फिरोजका अनुसार यो फिल्म लभस्टोरी जनरामा बन्नेछ । निर्माण पक्षले कलाकार, छायाङ्कन र प्रदर्शन मितिबारे भने हाललाई केही जानकारी दिएको छैन ।

फिरोजले फिल्मबारे थप जानकारी विस्तारै सार्वजनिक गर्दै जाने बताएका छन् । उनले निर्देशनमा हात हाल्नुको कारण बारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ । चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ ।’

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका गरेका हुन् । उनीसँग नेपाल आइडल सिजन १ निर्देशन टोलीमा रहेर काम गरेको अनुभव छ ।

भ्वाइस अफ नेपालको फाउन्डर, क्रिएटिभ हेड तथा मुख्य सहायक निर्देशकलगायत अनुभव उनीसँग छ। उनले ‘दर्पण छाया–२’मा उनले अभिनयसमेत गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ३४ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको