आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन राम्रो छ। परिवारबाट खुशी मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुने योग छ।

मिथुन : आजको तपाईंको दिन सामान्य छ। बोल्दा सचेत नभए साथी रुष्ट हुनेछन्।। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। यात्रामा सम्पत्ति खर्च हुनेछ।

कर्कट : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्ला। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले हरेक क्षेत्रमा प्रगति हुनेछ। आफन्तको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। विपक्षी र परिवारले साथले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ।

तुला : दिन सामान्य छ। सोचेको काम नबन्ने जोखिम रहन्छ। साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। प्रेममा मनमुटाब बढ्ने खतरा छ। काम गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ।

धनु : दिन सामान्य छ। आफन्तले असहयोग गर्नेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन राम्रो छ। समाजमा तपाईंको इज्जत बढ्नेछ। मिहिनेत गरेको ठाउँबाट धन आर्जन हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने झगडा हुने खतरा छ।

कुम्भ : दिन सामान्य छ। आज यात्रामा ननिस्कनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा रहेक काम सफल बन्नेछन्। प्रेम सम्बन्धमा उतारचढाव आउने छ।

मीन : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनसक्छ। शरीरमा नयाँनयाँ रोग देखिने जोखिम छ। स्वास्थय सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ०३ बजे

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा विधेयक पेस

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी– गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्

रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न : सय बुँदे वाचापत्र कसरी कार्यान्वयन हुन्छ ?

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पार्टीले

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको