स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल « Khabarhub

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ट बनेको हो । यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीय आर्थिक विकासको प्रवर्द्धनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्याङ्कनमा नगरपालिका अब्बल बनेको हो । 

‘औपचारिक घोषणा भने यही भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेशस्तरमै पुरस्कृत बन्ने भएको छ’ महाशाखा कँडेलले भने, ‘सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनाउन सकेको छ ।’

तीन वटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्याङ्कन प्रणाली (एलजी–पास) नामकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार ५ शीर्षकमा दुई दर्जनबढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्याङ्कन गर्न थालेको हो । 

सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपत् व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्याङ्कन गर्न सुरु भएको उनले बताए । 

तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टि नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कँडेलले जानकारी दिए  । 

मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियानसमेत बागलुङ नगरपालिकाबाट थालेको छ । देशभरमै पहिलो पटक बागलुङबाट थालिएको उनले बताए  । 

उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताए । त्यसका लागि कर्मचारी र कार्यालय ‘स्मार्ट ’बनाउनेसमेत उनले बताए । 

उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवर्द्धन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भइरहेको जानकारी दिए । सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमासमेत भएको उनले बताए ।  रासस

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : १३ बजे

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब