उपप्रधानमन्त्री सिंह र शहरी विकास सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता  « Khabarhub

उपप्रधानमन्त्री सिंह र शहरी विकास सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबीच आर्थिक वर्ष ०८२-८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

शहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले  कार्यसम्पादन सम्झौता गरेका हुन् ।  

उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष ०८२-८३ मा  गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन  आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै  समयमा योजनाहरू किन सकिएनन् ? भन्दै प्रश्न पनि गरे ।

 ‘कर्मचारीहरूले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्‍यो । समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्‍यो । पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दै । गर्नुपर्ने काम समयमा गनुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने,‘शहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।’ 

उनले अघिल्लो आवमा भएका कमजोरी नदोहोर्‍याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभावकारी बनाउने गरी लाग्न सचिवसहित सबै विभागीय प्रमुखहरूलाई निर्देशन पनि दिए । 

सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्यलक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ३३ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ