अहिलेको सरकार प्रभावकारी देखिएको छ : महासचिव पोखरेल « Khabarhub

अहिलेको सरकार प्रभावकारी देखिएको छ : महासचिव पोखरेल


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार अत्यन्त प्रभावकारी देखिएको बताएका छन् । 

प्रेस चौतारी कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताएका हुन् । उनले एमाले र कांग्रेसले मुख्य गरी मुलुकको संकटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्काउने, मुलुकमा सुशासन कायमगर्ने र स्थायित्वको आधार तयार गर्ने उद्देश्यले सरकार बनेको बताउँदै सोही अनुरूप सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताए। 

‘अघिल्लो सरकार हुने बेलासम्म राष्ट्रसेवक कर्मचारीले समयमा तलब नपाउने र निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी दिन नसक्ने अवस्थामा थियो’, महासचिव पोखरेलले भने, ‘वर्तमान सरकार बनेपछि आर्थिक रूपमा सबै सूचकमा अगाडि छन्, पुँजीगत खर्च बढेको छ, विदेशी मुद्राको सञ्चिती इतिहासको उच्च विन्दुमा छ र व्यापार व्यवसायमा उलेख्य वृद्धि भएको छ ।’

उनले वर्तमान सरकार बनेपछि आयात र निर्यात दुवै बढेको बताए। उनले सामाजिक सञ्जालमा हल्ला गर्ने बित्तिकै सरकार असफल भन्न नमिल्ने बताए। त्यसैगरी उनले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सूचनाको हकलाई प्रत्याभूत गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजेको बताए।

‘लोकतन्त्रका लागि लडेका पार्टीले संविधानको हक कुण्ठित हुने कानुन बनाउँदैन त्यसमा ढुक्क हुनुस्’, महासचिव पोखरेलले भने, ‘सामाजिक सञ्जालले आमसञ्चार माध्यमलाई कमजोर बनाएको छ स्वतन्त्रताका नाममा अराजकता बढेको सरकारले त्यसलाई नियन्त्रण गर्न खोजेको हो ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ४९ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको