सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप « Khabarhub

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ । भदौ २६ गतेदेखि छायाङ्कन सुरु गर्ने योजनासहित कलाकारहरुलाई आइतबारदेखि वर्कसपमा बोलाइएको हो ।

वर्कसपमा फिल्मका शीर्ष कलाकार सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापासहित अन्य कलाकारहरु सहभागी भएका छन् ।

कलाकार जितु नेपाल ‘मुन्द्रे’को बहिर्गमनपछि उनको स्थानमा भित्रिएका सौगात मल्ल नियमित वर्कसपमा उपस्थित भइरहेका छन् ।

यस फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् । यो फिल्मको छायाङ्कन म्याग्दीको रमणीय स्थानमा हुने उनले बताए । यसको निर्माता सुशील पोखरेल हुन् ।

यो फिल्म साहित्यकार गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा आधारित रहेर बन्न लागेको हो । फिल्मको लेखक भने सुशील देवकोटा हुन् ।

‘परालको आगो’ कथालाई ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : २५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव