‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै « Khabarhub

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न नायिका निरुतासिंह नेपाल आएकी छन् । उनी आइतबार राति मुम्बईबाट काठमाडौं आएकी हुन् ।

यो पटक भने लामो समय फिल्ममा काम गर्ने उद्देश्यले नेपाल फर्किएको निरुताको भनाइ छ । उनले भनिन्, ‘अब म काहीँ पनि जादिनँ । निरन्तर नेपाली फिल्ममा काम गर्छु ।’

कुनै समयकी चर्चित नायिका निरुता अहिले नेपाली फिल्ममा सक्रिय छैनन् । उनी ८ वर्षको विश्रामपछि फिल्म ‘नाइ नभन्नु ल ५’ मा देखिएकी थिइन् । यसमा उनको भूमिका सानो छ ।

सोहीकारण उनले आफ्नो कमब्याक फिल्म ‘दाल भात तरकारी’लाई मान्दै आएकी छन् । यो फिल्म ०७६ वैशाखमा प्रदर्शनमा आएको थियो ।

यस फिल्मपछि उनी ठूलो पर्दामा देखिएकी छैन । स्वास्थ्यले साथ नदिएपछि आफूले ठूलो पर्दामा निरन्तरता दिन नसकेको उनको भनाइ छ ।

यसबारे उनले भनिन्, ‘बीचमा मलाई कोरोना भयो । त्यसकारण मैले फिल्ममा काम गर्न पाइनँ । अब भने कतै जान्नँ ।’

‘३६ को आँकडा’मा निरुताको भूमिकाबारे निर्माण पक्षले केही खुलाएको छैन । निर्देशक श्रेष्ठ पनि उनको भूमिका गोप्य राख्न चाहन्छन् ।

उनी भन्छन्, ‘कुनै कुनै भूमिकामा विशेष एक कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ ।’

यस फिल्मको अनाउन्समेन्टर पोस्टर सार्वजनिक भइसकेको छ । जसमा रेखा थापा प्रहरीको भूमिकामा छिन् । अर्की नायिका पूजा शर्मालाई रेखाले हतकडी लगाएर नियन्त्रणमा लिएको देख्न सकिन्छ ।

रेखा र निरुताले दुई दशकपछि एकै फिल्ममा सहकार्य गर्दैछन् । उनीहरुले सहकार्य गरेको फिल्म ‘दुई पल’ सन् २००५ मा प्रदर्शनमा आएको थियो ।

यो फिल्ममा नायिकाहरुमा निरुता, रेखा, पूजा, नायकहरुमा महेश त्रिपाठी र पुष्प खड्का फाइनल भएका छन् । यो फिल्मको छायाङ्क सोमबारबाट सुरु भएको छ ।

यो फिल्म रेखा फिल्मस् र काइट इन्टरटेन्मेटको ब्यानरमा बन्न लागेको हो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ४६ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको