सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित « Khabarhub

सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा  स्थापना गरेको ‘वेष्ट इन्ट्रिग्रिटी अवार्ड कार्यक्रम २०८२’ बाट उनी सम्मानित भएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले सोमबार आयोजना गरेको कार्यक्रमबीच सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ताका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र सङ्घका अध्यक्ष हरि गौतमले २५ हजार, सम्मानपत्रसहित प्रहरी नायब उपरीक्षक  सुब्बालाई सम्मान गरेका हुन् । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गौतमले थपलियाको योगदान र कर्मलाई चिरस्थायी बनाउन अवार्ड कार्यक्रममार्फत सुब्बालाई सम्मान गरिएको बताए । निजी क्षेत्र र सरकारी निकायबीच एकापसमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए । 

प्रहरी नायब महानिरीक्षक ढकालले सशस्त्र प्रहरी बलले सीमानाकाको सुरक्षाका साथसाथै विपद् व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेल्दै आएको बताए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख एवम् गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट समेत उपस्थित थिए । 

विसं २०८० भदौ २ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सामा कार्यरत रहँदा प्रहरी उपरीक्षक थपलियाको निधन भएको थियो ।   

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ४ : ४६ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको