सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने « Khabarhub

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने


२ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै नमुना ‘दि क्लिफ’ पुल बागलुङ नगरपालिकाका नागरिकलाई एक महिनासम्म निःशुल्क खुला गरिएको छ। परिचयपत्रका आधारमा उक्त पुलमा नि:शुल्क हिँड्न सकिने कम्पनीले जनाएको छ।

लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायात अवरोध भएपछि द क्लिफले स्थानीयलाई राहतस्वरूप यो विशेष सुविधा दिने भएको हो।

सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर पुगेको अवस्थालाई मध्यनजर गर्दै पुलबाट आवतजावत सहज होस् भनेर यो योजना ल्याइएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

विपद्को समयमा सहज आवतजावतका लागि गरिएको यो व्यवस्था स्थानीयलाई ठूलो राहत हुने अपेक्षा गरिएको छ।

लामो समयदेखि यो पुल, बागलुङका कृषि उत्पादन कुश्मा बजारसम्म पुर्‍याउने पुल बन्दै आएको छ ।

विद्यार्थीहरूलाई पढ्न जान, कर्मचारीलाई जागिरमा पुग्न, बजार आवतजावत र सामान्य दैनिकीलाई सस्तो र छिटो बनाएको छ। नियमित प्रयोगकर्ताका लागि मासिक पासको सुविधा छ।

५२० मिटर लम्बाइ र २२८ मिटर उचाइको यो पुलले कुश्मा–बलेवा मात्र नभई, सम्पूर्ण क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक आवतजावतलाई जोड्ने महत्त्वपूर्ण आधार बनेको छ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ६ : ३६ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत