दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता « Khabarhub

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीबी नयाँ दिल्ली भेटवार्ता भएको छ । जयशंकरले सोमबार साँझ फेसबुक पोष्टमार्फत उनीसँग भेटवार्ता भएको जानकारी दिएका हुन् ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे व्यापक छलफल भएको उनले जानकारी दिए । जयशंकरले भारत–चीन सम्बन्धलाई आपसी सम्मान, संवेदनशीलता र हितका आधारमा अघि बढाउनु उपयुक्त हुने धारणा राखेका छन्। उनका अनुसार हालका चुनौतीपूर्ण अवस्थाबाट अगाडि बढ्न दुवै पक्षले स्पष्ट र निर्माणात्मक दृष्टिकोण अपनाउनु जरुरी छ।

वार्तामा द्विपक्षीय व्यापार र आर्थिक मुद्दा, धार्मिक तीर्थयात्रा, जनस्तरबीचको सम्पर्क, नदीसम्बन्धी तथ्याङ्क आदानप्रदान, सीमावर्ती व्यापार, भौतिक पूर्वाधारमा जोड दिने संयोजन तथा अन्य द्विपक्षीय आदानप्रदानबारे गहन छलफल भएको उनले बताएका छन्।

त्यसका अतिरिक्त, दुवै नेताबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि विचारविमर्श भएको उल्लेख गरिएको छ।जयशंकरले आजका छलफलले भारत–चीनबीच स्थिर, सहयोगी र भविष्यमुखी सम्बन्ध निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : ०२ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन