अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा « Khabarhub

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ ।

कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

सडकमा थुप्रिएको पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

त्यसैगरी बुधबार बिहानदेखि अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग पनि आज बिहानदेखि सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत गुल्मीको रिडी–तम्घासखण्डको रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । त्यस क्षेत्रमा दुवैतर्फ रोकिएका यात्रु आआफ्नो गन्तव्यतिर जान थालेका छन् ।

जिल्लामा तीन दिनदेखि लगातार रुपमा भइरहेको वर्षा आज बिहान रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले वर्षाका कारण विपद्जन्य जोखिम हुनसक्ने भन्दै पहिरोग्रस्त र खोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ । (रासस)

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ११ : २० बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता