शेयर बजारमा पहिरो, दुई पटक लाग्यो नेगेभिट सर्किट « Khabarhub

शेयर बजारमा पहिरो, दुई पटक लाग्यो नेगेभिट सर्किट


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको अन्तिम दिन शेयर बजार ठूलो अंकले ओरालो लागेको छ । बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुल्नेबित्तिकै पहिलो नेगेटिभ सर्किट लागेको बजारमा मध्याह्न पौने १२ बजे दोस्रो नेगेटिभ सर्किट लागेको हो ।

जेन-जीका नाममा गत भदौ २३ र २४ गते देशभर भएको विध्वंसक प्रदर्शनपछि पहिलो पटक खुलेको शेयर बजार राताम्य भएको हो । यसअघि खुलेको दुई मिनेटमै पहिलो सर्किट ब्रेक लाग्दा बजार २० मिनेटलाई बन्द भएको थियो ।

बजार खुलेको दुई मिनेटभित्रै १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लाग्दा लगानीकर्तामा निराशा छाएको छ ।

२० मिनेट रोकिएर खुलेको बजारमा १३३.६१ अंक अर्थात् ५ प्रतिशतले कारवबार ओरालो लाग्दा अर्को नकारात्मक सर्किट ब्रेक लागेको छ ।

दोस्रो नकारात्मक सर्किट लागेसँगै नेप्से १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा ओर्लिएको छ । दोस्रो नकारात्मक सर्किट ब्रेकपछि बजार ४० मिनेटलाई रोकिएको छ ।

नियमअनुसार बजार खुलेको एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घट्दा वा बढ्दा सर्किट लाग्छ ।

त्यसपछि बजार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटे वा बढे ४० मिनेटका लागि कारोबार रोकिन्छ । उता ६ प्रतिशतले बजार घट्दा वा बढ्दा त्यो दिन बजार नै बन्द हुने नियम छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : ०० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क