शेयर बजारमा पहिरो, दुई पटक लाग्यो नेगेभिट सर्किट « Khabarhub

शेयर बजारमा पहिरो, दुई पटक लाग्यो नेगेभिट सर्किट


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको अन्तिम दिन शेयर बजार ठूलो अंकले ओरालो लागेको छ । बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुल्नेबित्तिकै पहिलो नेगेटिभ सर्किट लागेको बजारमा मध्याह्न पौने १२ बजे दोस्रो नेगेटिभ सर्किट लागेको हो ।

जेन-जीका नाममा गत भदौ २३ र २४ गते देशभर भएको विध्वंसक प्रदर्शनपछि पहिलो पटक खुलेको शेयर बजार राताम्य भएको हो । यसअघि खुलेको दुई मिनेटमै पहिलो सर्किट ब्रेक लाग्दा बजार २० मिनेटलाई बन्द भएको थियो ।

बजार खुलेको दुई मिनेटभित्रै १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लाग्दा लगानीकर्तामा निराशा छाएको छ ।

२० मिनेट रोकिएर खुलेको बजारमा १३३.६१ अंक अर्थात् ५ प्रतिशतले कारवबार ओरालो लाग्दा अर्को नकारात्मक सर्किट ब्रेक लागेको छ ।

दोस्रो नकारात्मक सर्किट लागेसँगै नेप्से १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा ओर्लिएको छ । दोस्रो नकारात्मक सर्किट ब्रेकपछि बजार ४० मिनेटलाई रोकिएको छ ।

नियमअनुसार बजार खुलेको एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घट्दा वा बढ्दा सर्किट लाग्छ ।

त्यसपछि बजार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटे वा बढे ४० मिनेटका लागि कारोबार रोकिन्छ । उता ६ प्रतिशतले बजार घट्दा वा बढ्दा त्यो दिन बजार नै बन्द हुने नियम छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : ०० बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,