पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द « Khabarhub

पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँको पर्यटकीय क्षेत्र सौराहाका होटलहरुमा पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन् । पर्यटकीय याममा समेत पर्यटकले बुकिङ रद्द गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुँदा अधिकांश होटलका बुकिङ रद्द भएको जनाइएको छ । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले सेप्टेम्बरका लागि बुकिङ भएका होटल शत प्रतिशत रद्द भएको जानकारी दिए । उनका अनुसार आगामी महिनाहरूका लागि भएका बुकिङ पनि रद्द भइरहेको छ । 

‘यो महिनामा ६५ देखि ७० प्रतिशत होटलका कोठा बुकिङ भएका थिए”, उनले भने, ‘अहिले एक/दुई वटा कोठामा मात्र पर्यटक छन् ।’

देशभर आन्दोलन चलिरहँदा पनि सौराहाका होटलहरुमा पर्यटक राम्रै सङ्ख्यामा थिए । तर उनीहरू गएपछि थप पर्यटक आएनन् । 

क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भएकाले ट्राभल एजेन्सीमार्फत पर्यटकले सुरक्षित हुन नसकिने भन्दै दैनिक एक सय हाराहारीमा इमेल र म्यासेज पठाइरहेको बताए। 

उनका अनुसार अहिले सौराहामा होटलको क्षमताको तुलनामा पाँच प्रतिशत पनि पर्यटक छैनन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि पर्यटक सौराहा आउने गर्दछन् । यो निकुञ्ज जङ्गल सफारीका लागि विश्वमै परिचित छ । रासस

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ११ : ५७ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार