काठमाडौँ महानगरको स्पष्टीकरण : बाटो नहुँदा सिंहदरबार र अदालतको आगो निभाउन सकेनौँ « Khabarhub

काठमाडौँ महानगरको स्पष्टीकरण : बाटो नहुँदा सिंहदरबार र अदालतको आगो निभाउन सकेनौँ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा गरिएको हिंसात्मक प्रदर्शनका क्रममा जलाइएका सरकारी संरचनाको आगो निभाउन नगएको आरोप काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले खेपिरहेका छन् ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतल निवाससहितका गणतन्त्रका प्रतीक जल्ला बालेन रमिते बनेर बसेको आरोप लागिरहेका बेला उनले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई बोल्न लगाएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर पाण्डेले महानगरको दमकलले भाटभनेटनी सुपरमार्केट र सिंहदरबारसहितमा लागेको आगो निभाउन दमकल परिचालन गरेका जिकिर गरेका छन् ।

‘न्यूरोडमा रहेको जनसेवा प्रहरी र हिमालयन बैंक जलेकाले स्थानीयले हामीलाई त्यहीँ निभाउन रोक्दा समस्या भयो । हाम्रा दमकल विभिन्न ठाउँमा गएका हुन्’, उनले भने, ‘दमकल सुरक्षित भएर जान सक्ने अवस्थामा ढिलाइ गरेका थिएनौँ । बालाजु र स्वयम्भू क्षेत्रमा दमकलमा पानी सकिएपछि ट्यांकरहरूलाई सहयोगका रुपमा लिएका थियौँ । फिल्डमै पानी फिलिङ गर्ने अवस्थामा चुकेका छैनौँ ।’

उनले सरकारका ठूला संरचनाको आगो निभाउन दमकल नपठाएको कुराको खण्डन गरेका छन् । तर अहिले पनि आगो ननिभेर सिंहदरबार जलिरहेको छ।

‘महानगरले दमकल पठाए भन्ने कुरा गलत हो । बाटो क्लियर होस् भनेर बसेका थियौँ । नेपाली सेनाको गणेश दल र जंगी अड्डासँग पनि समन्वयमा थियौँ’, उनले भने, ‘खानेकुरा र औषधि पठाउन पनि नगर प्रहरी खटिएका थिए । कुनै समस्या नहोस् भन्न खटिएका थियौँ । रगत आवश्यक हुँदा पनि प्रहरीहरूलाई पठाएका थियौँ ।’

रगत संकलनका लागि पनि नगर प्रहरी पठाइएको उनले बताए । ‘हामी कर्तव्यबाट चुकेका थिएनौँ । सिंहदरबारसहितमा सुरक्षाका कारणले आगो निभाउन सकेनौँ’, उनले भने, ‘सिंहदरबार र सर्वोच्च अदालतमा हाम्रो प्राथमिकतामा थियो । एकै ठाउँमा १०/१५ पटक पनि पुगेका छौँ । दुई तीन दिन हाम्रो प्रहरी नसुती खटिएको थियो ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : २२ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै