उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन « Khabarhub

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल  आज प्रहरी प्रधान कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा  भएका क्षतिका बारेमा जानकारी लिएका छन् । सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिए।  

गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति प्रहरीको आवश्यकता र महत्व पुष्टि भएको छ, तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस् ।’

उनले नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए । गृहमन्त्री अर्यालले कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशनसमेत दिए।  

उनले भने, ‘तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।’ 

यसअघि गृहमन्त्री अर्यालले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जको क्षतिको स्थलगत अनुगमन गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखलगायतको भर्चुअल माध्याममार्फत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : ४४ बजे

वीरगञ्जबाट समातिएका प्रसाईंविरुद्ध तीन दिन म्याद थप

काठमाडौं- पर्साको वीरगञ्जबाट सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा

तुलसीपुर– राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको

ट्रम्प र नेतन्याहूको हत्या गर्नेलाई इरानले ८०० करोड पुरस्कार दिने

तेहरान- इरानको संसद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको