मोदीले प्रधानमन्त्री कार्कीलाई भने- शान्ति र स्थिरताको प्रयासमा भारतको दृढ समर्थन छ « Khabarhub

मोदीले प्रधानमन्त्री कार्कीलाई भने- शान्ति र स्थिरताको प्रयासमा भारतको दृढ समर्थन छ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उता भारतीय प्रधानमन्त्री मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्ण फोनवार्ता भएको बताएका छन्।

उनले भदौ २३-२४ भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यसका साथै नेपालमा शान्ति र स्थिरता कायम गर्न प्रधानमन्त्री कार्कीले गरिरहेको प्रयासप्रति भारतको दृढ समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यसै अवसरमा उनले कार्कीलाई र भोलि पर्ने नेपालको राष्ट्रिय दिवसका अवसरमा नेपाली जनताप्रति हार्दिक शुभकामना पनि व्यक्त गरेको बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : ५९ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५