फेरि कांग्रेस-कम्युनिस्ट हाबी भए जेन-जीको आन्दोलन व्यर्थ हुन्छ : कमल थापा « Khabarhub

फेरि कांग्रेस-कम्युनिस्ट हाबी भए जेन-जीको आन्दोलन व्यर्थ हुन्छ : कमल थापा


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा देखापरेको वर्तमान संकटको जड संघीयता, धर्मनिरपेक्ष, गणतन्त्रसँगै कांग्रेस–कम्युनिस्ट दलहरूको अकर्मण्यता, सत्तालिप्सा र भ्रष्टाचार भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै थापाले भने, ‘कतिपयलाई तितो लाग्न सक्दछ, तर सत्य बोल्न छाड्नु हुँदैन। नेपालमा हाल देखापरेको संकटको मुख्य कारण यही असफल संरचना र प्रवृत्ति हो।’

उनले भदौ २३ र २४ गतेको ‘जेन-जी आन्दोलन’ले नयाँ पुस्ताका लागि नवनिर्माणको ढोका खोलेको उल्लेख गरेका छन् ।

यदि पुनः त्यही असफल विचार र कांग्रेस–कम्युनिस्ट प्रवृत्तिका अनुयायीहरू नै हावी भए नयाँ पुस्ताले गरेको बलिदान निरर्थक हुने चेतावनी उनले दिएका छन्।

थापाले विशेषगरी युवापुस्तालाई सचेत रहन आग्रह गर्दै मुलुकलाई वैकल्पिक बाटो रोज्न आह्वान गरेका छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : ०९ बजे

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत