फेरि कांग्रेस-कम्युनिस्ट हाबी भए जेन-जीको आन्दोलन व्यर्थ हुन्छ : कमल थापा « Khabarhub

फेरि कांग्रेस-कम्युनिस्ट हाबी भए जेन-जीको आन्दोलन व्यर्थ हुन्छ : कमल थापा


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा देखापरेको वर्तमान संकटको जड संघीयता, धर्मनिरपेक्ष, गणतन्त्रसँगै कांग्रेस–कम्युनिस्ट दलहरूको अकर्मण्यता, सत्तालिप्सा र भ्रष्टाचार भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै थापाले भने, ‘कतिपयलाई तितो लाग्न सक्दछ, तर सत्य बोल्न छाड्नु हुँदैन। नेपालमा हाल देखापरेको संकटको मुख्य कारण यही असफल संरचना र प्रवृत्ति हो।’

उनले भदौ २३ र २४ गतेको ‘जेन-जी आन्दोलन’ले नयाँ पुस्ताका लागि नवनिर्माणको ढोका खोलेको उल्लेख गरेका छन् ।

यदि पुनः त्यही असफल विचार र कांग्रेस–कम्युनिस्ट प्रवृत्तिका अनुयायीहरू नै हावी भए नयाँ पुस्ताले गरेको बलिदान निरर्थक हुने चेतावनी उनले दिएका छन्।

थापाले विशेषगरी युवापुस्तालाई सचेत रहन आग्रह गर्दै मुलुकलाई वैकल्पिक बाटो रोज्न आह्वान गरेका छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : ०९ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५