कविता : ऐठन « Khabarhub

कविता : ऐठन



साँच्चै,
म सपनामा छु
या विपनामा ?
न निदाएको छु,
न म ब्युँझेकै छु।
सायद यो हुन सक्छ,
ऐठन।

यी आँधी-तुफानहरू,
यी हुरी-हुण्डरीहरूले
कुन दिशा लिँदैछन्?
बरालिँदैछु म अन्यमनस्कतामा।
यो तरलताले
म आफैँ तरल भइसकेँ।
यो वाष्पीकरणले
म आफैँ वाष्प भइसकेँ।
उडिरहेको छु बेलगाम।

पिरोलिरहेको छ
यो दिशाहीनताले,
यो अन्त्यहीन सिलसिलाले।
दबाइरहेका छन् घाँटी
मुर्कट्टाहरूले।
मुर्छित छ मन,
चिच्याउन खोजिरहेको छु,
निस्किरहेको छैन शब्द
घाँटीबाट, ओठबाट।

चाहेको छ मनले—
आकाशभरिका ताराहरू,
अञ्जुलीभरिका आशा,
कलकल नदी र झरना,
चम्किला हिमखण्डहरू,
र सगरमाथाको पूर्ण उचाइ।

अब,
छिट्टो टुङ्गियोस् यो
मुर्दाजस्तो परिवेश,
अन्त्यहीन सिलसिला।
सकियोस् तन्द्रा,
अब टुटोस्
ऐठन

-बाजुरा

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : १९ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने