कविता : ऐठन « Khabarhub

कविता : ऐठन



साँच्चै,
म सपनामा छु
या विपनामा ?
न निदाएको छु,
न म ब्युँझेकै छु।
सायद यो हुन सक्छ,
ऐठन।

यी आँधी-तुफानहरू,
यी हुरी-हुण्डरीहरूले
कुन दिशा लिँदैछन्?
बरालिँदैछु म अन्यमनस्कतामा।
यो तरलताले
म आफैँ तरल भइसकेँ।
यो वाष्पीकरणले
म आफैँ वाष्प भइसकेँ।
उडिरहेको छु बेलगाम।

पिरोलिरहेको छ
यो दिशाहीनताले,
यो अन्त्यहीन सिलसिलाले।
दबाइरहेका छन् घाँटी
मुर्कट्टाहरूले।
मुर्छित छ मन,
चिच्याउन खोजिरहेको छु,
निस्किरहेको छैन शब्द
घाँटीबाट, ओठबाट।

चाहेको छ मनले—
आकाशभरिका ताराहरू,
अञ्जुलीभरिका आशा,
कलकल नदी र झरना,
चम्किला हिमखण्डहरू,
र सगरमाथाको पूर्ण उचाइ।

अब,
छिट्टो टुङ्गियोस् यो
मुर्दाजस्तो परिवेश,
अन्त्यहीन सिलसिला।
सकियोस् तन्द्रा,
अब टुटोस्
ऐठन

-बाजुरा

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : १९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको