कविता : ऐठन « Khabarhub

कविता : ऐठन



साँच्चै,
म सपनामा छु
या विपनामा ?
न निदाएको छु,
न म ब्युँझेकै छु।
सायद यो हुन सक्छ,
ऐठन।

यी आँधी-तुफानहरू,
यी हुरी-हुण्डरीहरूले
कुन दिशा लिँदैछन्?
बरालिँदैछु म अन्यमनस्कतामा।
यो तरलताले
म आफैँ तरल भइसकेँ।
यो वाष्पीकरणले
म आफैँ वाष्प भइसकेँ।
उडिरहेको छु बेलगाम।

पिरोलिरहेको छ
यो दिशाहीनताले,
यो अन्त्यहीन सिलसिलाले।
दबाइरहेका छन् घाँटी
मुर्कट्टाहरूले।
मुर्छित छ मन,
चिच्याउन खोजिरहेको छु,
निस्किरहेको छैन शब्द
घाँटीबाट, ओठबाट।

चाहेको छ मनले—
आकाशभरिका ताराहरू,
अञ्जुलीभरिका आशा,
कलकल नदी र झरना,
चम्किला हिमखण्डहरू,
र सगरमाथाको पूर्ण उचाइ।

अब,
छिट्टो टुङ्गियोस् यो
मुर्दाजस्तो परिवेश,
अन्त्यहीन सिलसिला।
सकियोस् तन्द्रा,
अब टुटोस्
ऐठन

-बाजुरा

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : १९ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा