बालेनको घर जलाएको फेक भिडियोमा महेशको आत्मरति  « Khabarhub

बालेनको घर जलाएको फेक भिडियोमा महेशको आत्मरति 


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा भिडियो क्लिप पोस्ट गरेका थिए । 

बस्नेतले बिहान ६ बजेर ९ मिनेटमा फेसबुकमा लेखेका थिए–’महोत्तरीमा बालेन शाहको घरमा तोडफोड हुनु राजनीतिक स्वार्थका नाममा हिंसा, आगजनी र तोडफोडको खतरनाक निरन्तरता होस । यदि जेन-जी आन्दोलनमा क्षति भएका पीडितहरूले बदलाको भावना बोके भने यसले समाजलाई अझ विभाजित बनाउनेछ । त्यसैले कानुनी कारबाही र न्यायको बाटो अपनाउनै पर्छ र म हजुरआमा प्रधानमन्त्री सुशीला कार्कीजीसँग यस विषयमा माग गर्दछु।’

यो पोस्ट छिट्टै सामाजिक सञ्जालमा भाइरल भयो र हजारौंले लाइक, सेयर र प्रतिक्रिया दिए ।

तर, तथ्य–जाँचका क्रममा पत्ता लागेको छ कि विवादित घर मेयर बालेन शाहको थिएन । सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियोमा देखिएको घर सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीको रहेको पुष्टि भएको छ। यस घरमा २४ भदौमा जेन जी आन्दोलनको क्रममा हिंस्रक प्रदर्शन भएको थियो।

विश्लेषकहरूले सामाजिक सञ्जालमा फैलिएका समाचारहरूमा सत्य–तथ्यको पुष्टि नगरी विश्वास गर्नु खतरनाक भएको टिप्पणी गरेका छन् । यस घटनाले स्पष्ट पारेको छ कि सार्वजनिक व्यक्तित्वका नाममा फैलाइएको गलत जानकारीले समाजमा भ्रम र अस्थिरता निम्त्याउन सक्छ ।

यस्तो छ भिडियो :

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : २७ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र