बालेनको घर जलाएको फेक भिडियोमा महेशको आत्मरति  « Khabarhub

बालेनको घर जलाएको फेक भिडियोमा महेशको आत्मरति 


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा भिडियो क्लिप पोस्ट गरेका थिए । 

बस्नेतले बिहान ६ बजेर ९ मिनेटमा फेसबुकमा लेखेका थिए–’महोत्तरीमा बालेन शाहको घरमा तोडफोड हुनु राजनीतिक स्वार्थका नाममा हिंसा, आगजनी र तोडफोडको खतरनाक निरन्तरता होस । यदि जेन-जी आन्दोलनमा क्षति भएका पीडितहरूले बदलाको भावना बोके भने यसले समाजलाई अझ विभाजित बनाउनेछ । त्यसैले कानुनी कारबाही र न्यायको बाटो अपनाउनै पर्छ र म हजुरआमा प्रधानमन्त्री सुशीला कार्कीजीसँग यस विषयमा माग गर्दछु।’

यो पोस्ट छिट्टै सामाजिक सञ्जालमा भाइरल भयो र हजारौंले लाइक, सेयर र प्रतिक्रिया दिए ।

तर, तथ्य–जाँचका क्रममा पत्ता लागेको छ कि विवादित घर मेयर बालेन शाहको थिएन । सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियोमा देखिएको घर सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीको रहेको पुष्टि भएको छ। यस घरमा २४ भदौमा जेन जी आन्दोलनको क्रममा हिंस्रक प्रदर्शन भएको थियो।

विश्लेषकहरूले सामाजिक सञ्जालमा फैलिएका समाचारहरूमा सत्य–तथ्यको पुष्टि नगरी विश्वास गर्नु खतरनाक भएको टिप्पणी गरेका छन् । यस घटनाले स्पष्ट पारेको छ कि सार्वजनिक व्यक्तित्वका नाममा फैलाइएको गलत जानकारीले समाजमा भ्रम र अस्थिरता निम्त्याउन सक्छ ।

यस्तो छ भिडियो :

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : २७ बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी