जेन-जी आन्दोलनमा आगजनीबाट ध्वस्त भएको संसद् भवन हेर्न पुगे सभामुख « Khabarhub

जेन-जी आन्दोलनमा आगजनीबाट ध्वस्त भएको संसद् भवन हेर्न पुगे सभामुख


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।  

बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरूले आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका हुन्  । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरीक्षण गरे ।

निरीक्षणपछि सभामुख घिमिरेले आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको घटना निकै दुखद भएको बताए । यस अवस्थाबाट उठेर ठिक ढंगले अगाडी जाने सबैको दायित्व भएको उनले बताए । सभामुख घिमिरेले संसद् विघटन नगरी यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुने प्रतिक्रिया दिए ।

उनले अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेकाले सबै समस्याको समाधान गर्नेगरि अघि बढ्नुपर्ने सुझाव दिए । 

अहिले मुलुकमा गम्भीर परिस्थिति सिर्जना भएकाले यसको समीक्षा जरुरी रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगजनी हुँदा पूर्णरुपमा जलेको छ । 

सरकारले निर्वाचनपछि सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद् भवनबाट बैठक सञ्चालन हुने गरी तयारी गरेको छ । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ३० बजे

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको

एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ