जेन-जी आन्दोलनमा आगजनीबाट ध्वस्त भएको संसद् भवन हेर्न पुगे सभामुख « Khabarhub

जेन-जी आन्दोलनमा आगजनीबाट ध्वस्त भएको संसद् भवन हेर्न पुगे सभामुख


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।  

बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरूले आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका हुन्  । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरीक्षण गरे ।

निरीक्षणपछि सभामुख घिमिरेले आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको घटना निकै दुखद भएको बताए । यस अवस्थाबाट उठेर ठिक ढंगले अगाडी जाने सबैको दायित्व भएको उनले बताए । सभामुख घिमिरेले संसद् विघटन नगरी यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुने प्रतिक्रिया दिए ।

उनले अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेकाले सबै समस्याको समाधान गर्नेगरि अघि बढ्नुपर्ने सुझाव दिए । 

अहिले मुलुकमा गम्भीर परिस्थिति सिर्जना भएकाले यसको समीक्षा जरुरी रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगजनी हुँदा पूर्णरुपमा जलेको छ । 

सरकारले निर्वाचनपछि सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद् भवनबाट बैठक सञ्चालन हुने गरी तयारी गरेको छ । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ३० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था