प्रधानमन्त्री बनेको सात दिनपछि चिनियाँ राजदूतले कार्कीलाई भेटेर दिए बधाई « Khabarhub

प्रधानमन्त्री बनेको सात दिनपछि चिनियाँ राजदूतले कार्कीलाई भेटेर दिए बधाई


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरी छिमेकी चीनले ढिलो गरी अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।

नेपालस्थित चिनियाँ राजदूत छन सोङले बिहीबार सिंहदरबार पुगेर कार्कीलाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री कार्कीलाई भेट्न पाउँदा ठूलो खुशी लागेको बताएका छन् ।

‘उहाँलाई हार्दिक बधाई दिँदै समर्थन प्रकट गरियो’, राजदूत सोङले भनेका छन्, ‘दुवै पक्षबीच विचार विनिमय हुँदै मित्रता र सहकार्यलाई अझै प्रगाढ बनाउँदै लैजाने सहमति भएको छ।’

तर भदौ २७ मा प्रधानमन्त्री बनेकी कार्कीलाई चिनियाँ प्रधामन्त्री ली छ्याङ र राष्ट्रपति सी चिनफिङले अहिलेसम्म औ‍पचारिक रुपमा बधाई दिएका छैनन् ।

यसअघि २८ भदौ शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका थिए ।

त्यसबेला उनलाई पत्रकारको प्रश्न थियो– ‘सेप्टेम्बर १२ मा नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । यसबारेमा चीनको टिप्पणी के छ ?’

जवाफमा उनले भने– कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ। उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका थिए ।

यसअघि २७८ भदौमा कार्की प्रधानमन्त्री हुनेबित्तिकै भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका थिए। त्यसपछि गत शनिबार मणिपुर पुगेर कार्की प्रधानमन्त्री भएको खबरले आफूहरू उत्साहित भएको बताएकाथि ए ।

भारतीय राजदूत नवीन श्रीवास्तवले शीतल निवासमै पुगेर कार्कीलाई शपथ समरोहै बधाई दिएका थिए। बिहीबार मात्रै भारतीय प्रधानमन्त्री मोदी र समकक्षी कार्कीबीच टेलिफोन संवाद पनि भइसकेको छ।

उता पञ्जाबको धर्मशालामा रहेका तिब्बतका धर्मगुरू दलाई लामाले समेत चीनले भन्दा पहिले कार्कीलाई बधाई दिएका थिए । सम्भवतः नेपालका कुनै प्रधानमन्त्रीलाई दलाई लामाको शुभकामना आएको यो पहिलो पटक हो ।

दलाई लामाले त्यसबेला कार्कीलाई पत्र लेख्दै बधाई दिएको उनको आधिकारिक वेबसाइटले उल्लेख गरेको थियो।

‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनताबीच इतिहासदेखि नै निकट सम्बन्ध छ ।’ उनले लेखेका थिए, ‘सन् १९५९ पछि जबरजस्ती निष्कासित गरिएपछि तिब्बती समुदायलाई शरण र पुनस्र्थापना गर्नका लागि नेपाल सरकार र जनताप्रति म कृतज्ञ छु ।’

त्यसपछि निर्वासित जीवन बिताइरहेको तिब्बती सरकारका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका थिए ।

प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै उनले नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्थामा सुधार हुने आशा जनाएका थिए ।

‘गणतन्त्र नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीको रूपमा तपाईंको ऐतिहासिक नियुक्ति नेपालका सबै जनताको लागि खुशीको क्षण र राम्रो भविष्यको आशा दुवै हो,’ बधाई सन्देशमा भनिएको थियो। उनले नेपाली जनताको बलिदान, विशेष गरी जेनजी क्रान्तिको समयमा गरिएको योगदानको पनि उल्लेख थियो ।

धर्मगुरु दलाई लामाले पनि नेपाल र तिब्बतीबीचको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरेको सन्देशमा भनिएको थियो। सन् १९५९ देखि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकार र नेपाली जनताले प्रदान गरेको सहयोगप्रति उनले आभार व्यक्त गरेका छन्। ‘म यो ऐतिहासिक सम्बन्धको महत्वलाई पुनः जोड दिन चाहन्छु,’ सन्देशमा भनिएको थियो ।



प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ५५ बजे

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत